०७ चैत २०८२

मुख्य खबर

यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो

वासिङ्टन, ४ बैशाख ,, साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालमा प्रयोग गर्नुभएको यो दोस्रो विशेषाधिकार हो । अमेरिकी...बाँकी अंश →


गृहमन्त्री थापाद्वारा सुरक्षा गोष्ठी उद्घाटन

हेटौँडा, ४ वैशाख,,  गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताउनुभएको छ । गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग उहाँले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ...बाँकी अंश →


कुखुरापालकलाई जैविक सुरक्षा सचेतना

काभ्रेपलाञ्चोक, ४ वैशाख,, केन्द्रीय राजधानी काठमाडौँलगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रले कुखुरापालक किसानलाई जैविक सुरक्षा (बायो सेक्युरिटी) सचेतना अभियान थालेको छ । प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दै आएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै आएको...बाँकी अंश →


एक सय गोही राप्तीमा छाडियो

चितवन, ४ वैशाख ,, चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ । विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक...बाँकी अंश →


ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ, ४ वैशाख ,, काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ । कामपाको वडा नं १५ बाट मेयर निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था गरी शुरु गरेको जानकारी...बाँकी अंश →


दुर्घटनामा महिलाको मृत्यु

पोखरा, ४ वैशाख,, ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ । पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग१त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई...बाँकी अंश →


निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव

बाँके, ४ वैशाख,, पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ । निकुञ्जमा जङ्गली हात्ती पनि आउने गर्छन् । उनीहरुलाई पानी पिउनका लागि खोला, ताल, पोखरी र सीमसार भने छैनन् । पानी...बाँकी अंश →


विद्यार्थीको आकर्षण बन्दै सामुदायिक विद्यालय

तनहुँ, ४ वैशाख ,, नयाँ शैक्षिकसत्र शुरु भएसँगै जिल्लाका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका छन् । शैक्षिकस्तर राम्रो भएका सदरमुकाम दमौली आसपासका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका हुन् । जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित जिल्लादेखि केन्द्रीयस्तरसम्म राम्रो छवि बनाउन सफल सत्यवती माविमा भर्ना गराउनका...बाँकी अंश →


मन्दिर पुनःनिर्माणका लागि रु एक करोड सङ्कलन

गलकोट, ४ वैशाख ,,बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीस्थित परमेश्वर राम मन्दिरको पुनःनिर्माणका लागि रु एक करोड १० लाख सङ्कलन भएको छ । मन्दिर पुनःनिर्माणका लागि चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञमा रु एक करोड १० लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिले जनाएको छ...बाँकी अंश →


बसबाट खसेर बालकको मृत्यु

इनरुवा, ४ वैशाख ,, सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख ५९६६ नंको यात्रुवाहक बसमा भण्टाबारीमा झर्ने क्रममा...बाँकी अंश →


ट्रकको ठक्करबाट एकको मृत्यु

भक्तपुर, ४ वैशाख ,, भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नंको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको गए राति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ...बाँकी अंश →


तीन महिनादेखि कार्यालय प्रमुखविहीन

हुम्ला, ४ वैशाख,, जिल्लाको एक मात्र मालपोत कार्यालयमा तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । कर्मचारी समायोजनसँगै हुम्लाको मालपोतबाट कार्यलय प्रमुख सरुवा भएलगत्तै अहिलेसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको छ । सरुवा भएको महीनाँै दिन पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा मालपोत कार्यालयबाट प्रवाह हुने सेवामा समस्या...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter