०७ चैत २०८२

मुख्य खबर

जेष्ठ नागरिकको भत्ता बढ्छ : रक्षामन्त्री पोखरेल

भीमदत्तनगर, १५ वैशाख ,,  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताउनुभएको छ । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने जानकारी दिनुभयो ।...बाँकी अंश →


यातायातामा सुधार

जाजरकोट, १५ वैशाख  ,, जाजरकोट नलगाड नगरपालिका– ४ का बद्री पन्त दुई महीनाअघि डोल्पा आउँदा यातायात व्यवसायीबाट हैरानी व्यहोर्नुपरेको थियो । उहाँ अहिले जाजरकोट–डोल्पा सडकखण्ड यात्रा गर्दै दुनै पुग्दा आनन्दले यात्रा गरेको बताउनुहुन्छ । उहाँ जस्तै अर्का यात्रु राजबहादुर शाहीले पनि यो पटक यात्रा सोचेको भन्दा पृथक भएको बताउनुभयो ।...बाँकी अंश →


गृहमन्त्रीद्वारा भवन उद्घाटन

भोजपुर, १५ वैशाख ,,  गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यालय भोजपुरको भवनको आज उद्घाटन गर्नु भएको छ । १८ कोठा रहेको उक्त भवन रु चार करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो । भवन सरकारको लागतमा निर्माण भएको हो । विसं २०६० फागुन...बाँकी अंश →


बाघको आहारा प्रजातिको अनुगमन

चितवन, १५ वैशाख ,, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन सोमबारबाट शुरु गरिने भएको छ । मृग प्रजातिसँगै निलगाई, बँदेललगायतको अवस्थाको बारेमा थाहा पाउन अनुगमन गर्न लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेका अनुसार आँखाले प्रत्यक्ष हेरेर गणना गर्ने (ट्रान्जिट लाइन÷डिस्टेन्स स्याम्पलीङ म्याथर्ड) बाट...बाँकी अंश →


सडक स्तरोन्नति गर्ने कार्य शुरु

बलेवा, १५ वैशाख ,,  बागलुङका विभिन्न गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनामा यो सडक स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षभित्र काम सक्नेगरी सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको भौतिक पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु ३७ लाख गरी...बाँकी अंश →


विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

डोटी, १५ वैशाख ,,  जिल्लामा लामो समयदेखि काम गर्दै आइरहेका ग्रामीण विकास सेवा केन्द्र (आरडिएससी) नामक संस्थाले यहाँका सात स्थानीय तहलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री युकेएडको आर्थिक सहयोगमा सञ्चालित अनुकूलन–एक्स÷ब्रेस्ड परियोजनाले उपलब्ध गराएको हो । विपद् व्यवस्थापन सामग्री पाउनेमा दिपायल सिलगढी र शिखर नगरपालिका तथा...बाँकी अंश →


निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो

वीरगञ्ज, १५ वैशाख  ,  बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ । प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर...बाँकी अंश →


रोग प्रभावितमा क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयोे

हुम्ला, १५ वैशाख  ,, पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने छ । ताजाकोटमा बिरामीलाई औषधि र...बाँकी अंश →


एयरपोर्ट धुलिखेलमा बन्छ ः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १५ वैशाख  ,,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “एयरपोर्टका...बाँकी अंश →


राजपुरमा दादुराको महामारी

लमही, १५ वैशाख  ,,  दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिनुभयो । एक महीनाअघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत सरोकारवालाको टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा...बाँकी अंश →


विद्यार्थी आकर्षण गर्न ‘स्मार्ट बुक’ प्रयोग

वालिङ, १५ वैशाख  ,,  यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थी आकर्षण गर्न चालू शैक्षिक सत्रदेखि ‘स्मार्ट बुक’ प्रयोगमा ल्याएको छ । वालिङ नगरपालिका–१ वडा कार्यालयले बालबालिका शीर्षकमा विनियोजन गरेको रकमबाट नगरपालिकाभित्रै पहिलो पटक रणवीर जनहित माविमा ‘टकिङ टिचर’ प्रविधि अर्थात् ‘स्मार्ट बुक’ प्रयोगमा ल्याइएको वडाध्यक्ष केदार काफ्लेले बताउनुभयो । “सरकारी विद्यालयतप्रति...बाँकी अंश →


भूकम्प मापन यन्त्र जडान

गलेश्वर, १५ वैशाख  ,,  सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वन बेनीस्थित न्यू होराइजन आवासीय माविमा भूकम्पकको जानकारी दिने ‘सिस्मोमिटर’ जडान गरिएको छ ।स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा सो यन्त्र जडान गरिने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । सो यन्त्र जडान भएपछि नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युडभन्दा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter