०७ चैत २०८२

मुख्य खबर

सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक प्रभावित

सल्यान, १९ वैशाख  ,,  सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहँुदा समस्या भएको छ । नगरपालिकाले छ महीनादेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेपछि सामाजिक सुरक्षाभत्तामा आश्रित ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन् । सामाजिक सुरक्षा भत्ता नपाएपछि आफूहरुलाई समस्या पर्न थालेको ज्येष्ठ नागरिकको...बाँकी अंश →


बाँकेका तीन सय नागरिकता खारेज

बाँके, १९ वैशाख ,,  बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् । सर्वोच्च अदालतको पछिल्लो एउटा आदेशले तराई मधेसलगायतका विभिन्न जिल्लामा कानूनविपरीत वितरण गरिएका ३४ हजार नागरिकतालाई प्रचलनमा नल्याउन अन्तरिम...बाँकी अंश →


करेन्ट लागेर मृत्यु

बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिनुभयो ।बाँकी अंश →


दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा सप्ताह’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह–२०७६ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही वैशाख २३ गतेदेखि २७ गतेसम्म सप्ताहव्यापीरूपमा कार्यक्रम गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख चन्द्र गिरीले जानकारी दिनुभयो । जिल्लामा दैनिकरुपमा सवारी दुर्घटनाबाट मानिसको ज्यान जान थालेपछि जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो...बाँकी अंश →


बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो

नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । पश्चिम नवलपरासीको...बाँकी अंश →


पर्यटक प्रवद्र्धन अभियान चलाइने

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन्...बाँकी अंश →


हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । १४ गते...बाँकी अंश →


मासु उद्योगको प्रदूषण, स्थानान्तरण गर्न सिफारिस

काठमाडौँ, १७ वैशाख  ,,  वीरगञ्ज महानगरपालिकास्थित मासुजन्य तथा हड्डी प्रशोधन उद्योगको स्थलगत अनुगमन प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश गरिएको छ । समितिले गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठले आज समितिका सभापति बिमलप्रसाद श्रीवास्तवसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । समितिले गत...बाँकी अंश →


शेयर बजार ः दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १७ वैशाख (रासस) ः एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।...बाँकी अंश →


खैरो हेरोइनसहित पक्राउ

काठमाडौँ, १७ वैशाख  ,, नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई आज बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख...बाँकी अंश →


उद्योगबाट रु चार करोडभन्दा बढी जरिवाना असुल

वीरगञ्ज, १७ वैशाख  ,,  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ । विगत १० वर्षदेखि विद्युत् चोरी गरी राजश्व छल्दैँ आएका यस क्षेत्रका ५२ वटा उद्योग कलकारखाना तथा व्यापारी प्रतिष्ठानले विद्युत् मिटरमा डाटा डाउनलोड...बाँकी अंश →


प्रदेश ३ ले रु ५० अर्बको बजेट ल्याउने

हेटौँडा, १७ वैशाख  ,,  प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ । चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter