२१ मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

मलेसियाली अदालतले कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

क्वालालम्पुर, ३१ साउन,  मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ । “आरोपित महिलाहरुले आफूमाथि लागेका आरोपको सफाईका लागि प्रक्रिया अगाडि बढाउन सक्छन्,” शाह आलम उच्च अदालतका न्यायाधीश आज्मी आरीफिनको आदेशमा भनिएको...बाँकी अंश →


अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

ह्यारिसबर्ग, अमेरिका, ३० साउन , एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर...बाँकी अंश →


आम आदमी पार्टी का वरिष्ठ नेताद्वारा राजीनामा

नयाँदिल्ली, ३० साउन , भारतको आम आदमी पार्टीका एक जना वरिष्ठ नेताले पार्टीका सबै पदबाट राजीनामा दिनुभएको छ । छोटो समयमा निकै लोकप्रिय बनेको पार्टीका ती नेताले पार्टीअन्तर्गत आफूले पाएका सबै जिम्मेबारीबाट बुधबार राजीनामा दिएको बताउनुभएको हो । पार्टीका प्रभावशाली नेता आशुतोषले भन्नुभएको छ, “हरेक यात्रा कहीँ न कहीँ गएर...बाँकी अंश →


सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको उजूरी

बेइजिङ, ३० साउन , अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) मा चुनौती दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र प्रविधिका क्षेत्रमा करबृद्धि गर्ने योजनाकै यो एक हिस्सा हो । जनवरीमा घोषणा गरिएको सौर्य प्यानलको अमेरिकामा हुने आयातमा ३० प्रतिशत करबृद्धिले अमेरिकी उत्पादकहरुलाई मात्र...बाँकी अंश →


तुर्की द्वारा अमेरिकी पादरीलाई रिहा गर्न अस्वीकार

इस्ताबुल, ३० साउन , टर्कीको एक अदालतले अमेरिकी पादरी एन्ड्रेयू ब्रन्सनलाई रिहा गर्न आग्रह गरिएको निवेदनलाई अस्वीकार गरेको छ । आतङ्कवादको अभियोगमा टर्कीले ब्रन्सनलाई थुनामा राखेका कारण अमेरिका र टर्कीबीचको सम्बन्धमा पछिल्लोपटक सङ्कट उत्पन्न भएको छ । टर्कीको पश्चिमी शहर अज्मिरमा रहेको अदालतले ब्रन्सनलाई अझै पनि घरमै जनरबन्द गरिने निर्णय...बाँकी अंश →


उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा

सोल, ३० साउन , रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार हुनु भएको छ । पुटिनले छिटै किमसँग भेटघाट गर्नुहुने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन् । पुटिनले उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई अगामी जुन महिनामा रुसको भ्लादिभोस्तोकमा...बाँकी अंश →


लण्डन आक्रमणमा सम्लग्नमाथि कडा कारबाही हुनुपर्छ , ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २९ साउन ,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’ लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ, “लण्डनमा अर्को आतङ्कवादी आक्रमण भएको छ । यी मूर्ख जनावरहरूलाई कठोर एवम् कडा कारबाही हुनुपर्छ ।”...बाँकी अंश →


चीनको आर्थिक स्थितिमा मध्यम प्रगति

बेइजिङ, २९ साउन , पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ भने सामानको बिक्रीमा कमी आएको छ । बेइजिङ सामुन्ने सन्तुलन कायम गर्नुपर्ने परिस्थिति छ, वृद्धिका साधनहरुलाई लगानी...बाँकी अंश →


अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो

मुम्बई, २९ साउन , टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । पहिल्यैदेखि दबाबमा कारोबार भइरहेको भारतीय मुद्राको स्थिति मङ्गलबार बिहानदेखि...बाँकी अंश →


बोन क्यान्सर भएको मोनिका रानाको लागि क़तारमा आर्थिक संकलन

बोन क्यान्सर बाट पीड़ित भएकी मोनिका रानाको लागि क़तारमा आर्थिक सहयोग संकलन भई रहेको छ । गोरखा नगरलपालिका वडा दुई घर भएको मोनिका रानाको लागि क़तारमा इब्राहिम मियाले हाल सत्तरी हजार रकम संकलन भई सकेको बताउनु भएको छ । भक्तपुर क्यान्सर हास्पिटलमा उपचार भई रहेको १३ वर्षीय राना अति विपन्न...बाँकी अंश →


अमेरिकासँग सम्वाद सम्भव छैन, खामेनी

तेहरान, इरान, २८ साउन , अमेरिकासँग युद्ध पनि नगर्ने वार्ता पनि नगर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार बताउनुभएको छ । इरानमा हाल देखिएको समस्याहरू अमेरिकाद्वारा पुनः लगाएको आर्थिक प्रतिवन्धका कारणभन्दा पनि सरकारको गलत व्यवस्थापनका कारण निम्तिएका खामेनीको दावी छ । खामेनीको प्रतिक्रियाले इरानमा व्याप्त महङ्गी, भ्रष्टाचार र इरानी...बाँकी अंश →


मलेसियाका प्रधानमन्त्री महाथिर चिनीया सम्झौता तोड्ने प्रयासमा

पुत्रजया, मलेसिया, २८ साउन , मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनीयाको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर हुनुहुन्छ । एसोसिएटेड प्रेस (एपी)का संवाददातालाई दिएको एक अन्तर्वार्तामा ९३ वर्षीय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter