२१ मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

केरला बाढी ,, मृत्यु हुनेको सङ्ख्या ३५७ पुग्यो

थिस्सुर, भारत, ३ भदौ ,,  दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको अधिकारीहरूले बताएका छन् ।बाढीका कारण हजारौँ नागरिक विस्थापित बनेका छन् । बाढी तथा पहिरोमा परी...बाँकी अंश →


फिजी र इन्डोनेसियामा भूकम्प, क्षतिको विवरण आउन बाँकी

सिड्नी, ३ भदौ (रासस/एएफपी) ः फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ । फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार राति १२.१९ बजे...बाँकी अंश →


राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन

जेनेभा, स्वीट्जरल्याण्ड, २ भदौ , राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उहाँ ८० बर्षको हुनुहुन्थ्यो । घानामा जन्मनुभएका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आउनुभएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गर्नुभएको थियो ।...बाँकी अंश →


अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

काठमाडौं, २ भदौ ,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि सारेको “अमेरिका प्रथम” को नीतिको कार्यान्वयनले अहिले विश्व अर्थतन्त्रमै त्रासको वातावरण सिर्जना भएको छ । व्यापारिक युद्धकै स्वरुपमा विश्व अर्थतन्त्र अग्रसर हुन थालेको भन्दै यस अर्थ राजनीतिक क्षेत्रका विज्ञहरुको चिन्ता व्यक्त गरिरहेका छन् । खासगरी, अमेरिकाको पछिल्लो करबृद्धि योजनाले...बाँकी अंश →


इमरान खानद्धारा प्रधानमन्त्री पदको सपथ ग्रहण

काठमाडौँ, २ भदौ ,  पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गर्नु भएको छ । मुलुकको सवै भन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी हुनु भएका खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री बन्नु भएको हो । प्रधानमन्त्री बन्नका लागि आवश्यक पर्ने १७२ मत मध्ये...बाँकी अंश →


वाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि

नयाँ दिल्ली, भारत, १ भदौ , हजारौँको सहभागीतामा राजकीय सम्मानका साथ भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको शुक्रबार अन्त्येष्टि गरिएको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा उहाँको अन्त्येष्टि गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँलाई छोरी नमिता भट्टाचार्यले दागवत्ती दिनु भएको थियो । भारतका दशौँ प्रधानमन्त्री...बाँकी अंश →


पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, शनिबार सपथग्रहण

काठमाडौँ, १ भदौ , पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भन्नुभयो, “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार...बाँकी अंश →


अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

सिड्नी, १ भदौ , एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन् । एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका कुनै पनि विवरणलाई दुरुपयोग नगरिएको स्पष्ट गरेको छ । अस्ट्रेलियाली अखबार द एजका अनुसार, भिक्टोरियास्थित बाल अदालत समक्ष दिइएको...बाँकी अंश →


एसियाडः शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा

जकार्ता, १ भदौ , आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुनेछन् । यो संख्या गृष्मकालीन ओलम्पिकमा सहभागी हुनेभन्दा १,००० भन्दा बढी हो । विविधताको दृष्टिमा, ओलम्पिकमा नदेखिएका धेरै किसिमका खेलहरु यहाँ समेटिएका छन् र यी एसियाका खास खेल हुन् । भारतको लोकप्रिय...बाँकी अंश →


चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध

सानफ्रान्सिस्को, १ भदौ , चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ । गुगलका...बाँकी अंश →


भारत: ‘भारत रत्न’ एवं पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी को निधन , भारतमा शोकको लहर

नयाँ दिल्ली: पूर्व प्रधानमन्त्री र भारत रत्न अटलबिहारी वाजपेयीको लामो समयबिरामी पछि 94 वर्षको उमेरमा आज निधन भयो । उहाँले आफ्नो अन्तिम सांस 5 बजे 5 मिनेटमा लिनूभयो। चाँडै नै उनको मृत्युको समाचारले सारा देशलाइ दुःखमा डुबाइयो । अन्तिम 66 दिन देखि  दिल्लीमा एम्समा उहाँको  उपचार भइरहेको थियो। यहाँ उनले...बाँकी अंश →


चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

बेइजिङ, ३१ साउन , चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो । बेइजिङ र वासिङ्टनले गत जुनमा उच्चस्तरीय बैठक भएपछि पनि एकअर्का मुलुकका अर्बौं डलरका वस्तुमाथि करबृद्धि गर्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter