
नयाँ दिल्ली, १७ भदौ ,, भारतका राष्ट्रपति रामनाथ कोविन्द आइतबार युरोपका तीन देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । आठ दिने भ्रमणको क्रममा उहाँले साइप्रस, बुल्गेरिया र चेक गणतन्त्रको भ्रमण गर्नुहुने भारतको विदेश मन्त्रालयले जनाएको छ । राष्ट्रपति कोविन्दका साथ कृषिराज्य पुरुषोत्तम खोडाभाइ रुपाला र दुई जना...बाँकी अंश →

वासिङ्टन, १७ भदौ ,, संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले “निर्णायक भूमिका निर्वाह नगरेको” आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ । अमेरिकाले पाकिस्तानभित्र रहेका लडाकूहरुका सुरक्षित आश्रयस्थलहरु ध्वस्त पार्नेतर्फ दबाब दिइआएको छ, र...बाँकी अंश →

बेरुत, १७ भदौ ,, सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले “इजरायली आक्रमणको सम्भावना” औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक त्रुटीका कारण हतियार भण्डारमा आगलागी भएको जनाएको छ । दमास्कसको पश्चिमी इलाकामा रहेको माज सैनिक विमानस्थललाई लक्षित गरी “इजरायलले...बाँकी अंश →

इस्लामावाद, पाकिस्तान, १६ भदौ ,, सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै खानले भन्नुभयो, “आफुले सत्ता सम्हालेको पहिलो बर्ष पाकिस्तानले कठिनाईको सामनाबाट नै गुज्रनु पर्ने अवस्था देखिएको छ...बाँकी अंश →

इस्लामावाद, पाकिस्तान, १५ भदौ ,, पाकिस्तानमा सञ्चारमाध्यममाथि सरकारी निकायबाट कडा दवाव हुने गरेको बताउँदै पाकिस्तानको मानव अधिकार आयोगले इमरान खान नेतृत्वको नयाँ सरकारले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएको छ । आयोगले पाकिस्तानमा अभिव्यक्ति स्वतन्त्रताबारे गरेको अध्ययन प्रतिवेदनले पाकिस्तानमा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण रहेको पाएको देखाएको छ । पाकिस्तानका...बाँकी अंश →

फ्रान्कफर्ट, १५ भदौ ,, युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कारको अमेरिका आयातमा करबृद्धि गरेमा युरोपेली युनियनले पनि करबृद्धि गर्ने शुक्रबार चेतावनी दिनुभएको छ । “कारमाथि नयाँ करबृद्धिका बारेमा हामीले ट्रम्पसँग एक प्रकारको युद्धबिराम गरेका थियौं ।” जर्मनीको प्रसारण संस्था जेडडीएफसँगको अन्तर्वार्तामा जन्करले भन्नुभयो, “युद्धबिरामको अर्थ...बाँकी अंश →

बेइजिङ, १५ भदौ,, चीनको औद्योगिक उत्पादन अगष्ट महिनामा सामान्य वृद्धि भएको शुक्रबार जारी आधिकारिक प्रतिवेदनमा जनाइएको छ । संयुक्तराज्य अमेरिकासँगको व्यापारिक युद्धका कारण औद्योगिक उत्पादनमा प्रभाव पर्ने विज्ञहरुले गरेको अनुमान र अड्कलबाजीभन्दा सकारात्मक प्रगति भएको अधिकारीहरुले बताएका छन् । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) का अनुसार कारखानाको उत्पादनको मुख्य सूचक पीएमआई...बाँकी अंश →

टोक्यो, १५ भदौ ,, जापानको रक्षा मन्त्रालयले उत्तर कोरिया र चीनबाट जारी चुनौतीको सामना गर्नेगरी क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ गर्ने उद्देश्यले ठूलो बजेट प्रस्ताव गरेको छ । अप्रिलदेखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले ४७ अर्ब अमेरिकी डलरको बजेट आवश्यक रहेको जनाएको छ । विगत...बाँकी अंश →

नयाँ दिल्ली, १४ भदौ ,, भारतको पश्चिम बङ्गालमा रहेको एउटा अदालतले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । फौजदारी कानूनको उलङ्घन गरेको आरोप सम्वन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले उहाँलाई यस्तो आदेश दिएको हो । पश्चिम बङ्गाल राज्यका मुख्यमन्त्री तथा सत्तारुढ दल...बाँकी अंश →

बेइजिङ, १४ भदौ ,, वासिङटनको उत्तर कोरियासँगको सम्बन्ध बेइजिङका कारण थप जटील बनेको भन्ने भनाईलाई लिएर चीनले बिहीबार अमेरिकी भनाइप्रति चासो व्यक्त गरेको छ । उत्तर कोरियासँगको सम्बन्धमा चीनका कारण थप जटिलता आएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि लगाएको ‘गैरजिम्मेवार र बेतुकको तर्क’को आलोचना गरेको हो । आफ्नो...बाँकी अंश →

नयाँ दिल्ली, १४ भदौ ,, भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ । वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ । त्यसैगरी डिजल राष्ट्रिय राजधानी दिल्लीमा ६९.९३ रूपैयाँ र मुम्बइमा ७४.२४...बाँकी अंश →

कोलम्बो, १३ भदौ ,, श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ । सन् २००८ देखि २००९ को बीचमा श्रीलङ्काको गृह युद्धको उत्तरार्धतिर एक सैनिक अधिकारीले एघार जनालाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो । सो अभियोगमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: