२१ मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने

नयाँदिल्ली, ११ कात्तिक ,,   अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा भारत आउन नसक्ने जानकारी दिनुभएको छ । आउदो वर्षको गणतन्त्र दिवस मूल समारोहको प्रमुख अतिथिका लागि भारतको तर्फबाट निमन्त्रणा गरिए पनि ट्रम्पले आउन नसक्ने जानकारी गराउनु भएको हो । स्रोतलाई उद्धृत गर्दै स्थानीय एक...बाँकी अंश →


पाकिस्तानमा भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध

इस्लामाबाद, ११ कात्तिक,,   पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिनुभएको हो ।...बाँकी अंश →


पूर्व मुख्यमन्त्री खुरानाको निधन

नयाँदिल्ली, ११ कात्तिक,,   भारतको नयाँदिल्लीका पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । किर्ती नगरस्थित आफ्नै निवासमा खुरानाको निधन भएको परिवारिक स्रोतले जनाएको छ । “उहाँलाई केही दिनदेखि छातीमा समस्या देखिएको थियो, र ज्वरोले पनि असर गरेको थियो ।” चार पटक सांसद बन्नु भएका खुराना...बाँकी अंश →


अमेरिकामा ११ जना यहुदीको हत्या

पिट्सबर्ग, ११ कात्तिक,,   अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् । अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो । बच्चाको न्वारान (अर्थात बच्चाको नाम राख्ने) कार्यक्रममा “ट्री अफ लाइफ” नामको प्रार्थनाघरमा भेला भएका व्यक्तिहरुमाथि ४६ वर्षीय...बाँकी अंश →


ग्रीसमा भूकम्प

एथेन्स, ग्रीस, ९ कात्तिक ,,   ग्रीसमा शुक्रबार बिहान सबेरै ६.६ रिक्टर स्केलको भूकम्प गएको छ । ग्रीसको पट्रा शहरबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको स्थान यस भूकम्पबाट प्रभावित भएको छ । युरोपेली भूमध्यसागरीय भूगर्भ केन्द्रका अनुसार स्थानीय समयानुसार शुक्रबार बिहान २ः०० यो भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रविन्दु प्रभावित क्षेत्रको...बाँकी अंश →


मलावीका गाउँले सुनको खोजीमा बालुवा चाल्दै

नाथेन्जे, मलावी, ९ कात्तिक,,   मलावीको नाथेन्जेमा चार महिना मात्र भयो स्थानीयबासीले सुनको खोजी गर्न थालेको, तर जीवनमा आमुल परिवर्तन ल्याउने लालशामा मलावीका अन्य ठाउँमा सुनको खोजी गर्ने हजारौंले जताततै माटो खनेको, पन्छाएको र एक ठाउँबाट अर्को ठाउँ सारेको वर्षौं भइसक्यो । राजधानी लिलोङ्ग्वेबाट २० किलोमिटर दक्षिणमा रहेको नाथेन्जेमा कुनै व्यक्तिले...बाँकी अंश →


जापानमा भूकम्प

टोकियो, ९ कात्तिक,,  उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रविन्दु साप्पोरो शहरबाट ३७० किलोमटिर उत्तर–पूर्वी भूभागमा रहेको बताइएको छ । उक्त भूकम्पको...बाँकी अंश →


मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन

वासिङ्टन, ९ कात्तिक ,,   अमेरिकी रक्षा मन्त्रालयले संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा थप आठ सय सैनिक परिचालन गर्ने जनाएको छ । होन्डुरस, ग्वाटेमाला र मेक्सिकोका नागरिक अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गर्दा अमेरिकाले यस्तो निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याराभानलाई मेक्सिको सीमाभित्रै रोक्न...बाँकी अंश →


बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

भवानीपट्ना, ९ कात्तिक,,   भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् । स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो । श्रीमतीको सुनका गरगहना...बाँकी अंश →


जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा

बेइजिङ, ८ कात्तिक ,,   जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित आज चीनको बेइजिङ आइपुग्नुभएको छ । दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् । जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक हुन लागेको हो ।...बाँकी अंश →


इराकका नयाँ प्रधानमन्त्रीद्वारा सपथग्रहण

बग्दाद, ८ कात्तिक,,   इराकको नयाँ प्रधानमन्त्रीको रुपमा अदेल अब्दुल माहदीले बुधबार सपथग्रहण गर्नु भएको छ । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले सपथ गर्नुभएको हो । संसदले भने २२ मध्ये १४ जनाको नामलाई अनुमोदन गरेको छ । संसदका सभामुखले मन्त्रीहरुको नाम एकपछि अर्को गर्दै पढेर...बाँकी अंश →


नराम्रो ढाकछोप गरेको अमेरिकी राष्ट्रपतिको आरोप

वासिङ्गटन, ७ कात्तिक ,,   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खशोग्गीको हत्याबारेको साउदी अरबको प्रतिक्रिया आफूलाई बचाउन ढाकछोप मात्र भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पको त्यस्तो भनाइ आएको केही समयपछि विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले घटनामा संलग्न भएकालाई सजाय दिने बताउनुभएको थियो । पोम्पेओले सन्दिग्ध २१ जनाको भिसा अमेरिकाले रद्द...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter