२१ मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

हेरात, अफगानिस्तान, १४ कात्तिक ,,   अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी...बाँकी अंश →


काबुल कारागारनजिक आत्मघाती आक्रमण

काबुल, १४ कात्तिक ,,   अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताउनुभयो । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब...बाँकी अंश →


गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै, स्थानीयको विरोधकाबीच प्रहरीको कडा सुरक्षा

सरदार सरोवर ड्याम, भारत, १४ कात्तिक,,   भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ । उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अनावरण गर्न लाग्नुभएको हो । सो अनावरण कार्यक्रममा भारतीय प्रहरीले व्यापक सुरक्षा प्रदान गरेको समाचारमा जनाइएको छ । सो स्मारक भारतीय...बाँकी अंश →


इटालीका प्रधानमन्त्री भारत भ्रमणमा

नयाँदिल्ली, १३ कात्तिक,,   इटालीका प्रधानमन्त्री जिसेप कोन्टे भारतको एकदिने भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको छ । उहाँले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ । इटालीका प्रधानमन्त्री भारत–इटाली प्रविधि सम्मेलनमा पनि सहभागी हुनु हुनेछ । सम्मेलनमा हरितप्रविधि, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य सेवा, हवाई उड्डयन, शिक्षा र...बाँकी अंश →


सोनीको आम्दानी दोब्बरले बढ्यो

टोकियो, १३ कात्तिक,,   विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ । यो नाफा गत...बाँकी अंश →


न्यूजिल्यान्डमा भूकम्प

वेलिङ्टन, १३ कात्तिक,,       न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए । अमेरिकी भौगर्भिक...बाँकी अंश →


श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् गठन

कोलम्बो, १३ कात्तिक ,,   श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराउनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो । नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्ष स्वयंले लिनुभएको छ भने विदेश मन्त्रीको कार्यभार सरथ अमुनगुमालाई दिइएको थियो...बाँकी अंश →


हजारौं अमेरिकी सेना दक्षिणी सीमातर्फ प्रस्थान

वासिङ्टन, १३ कात्तिक,,    अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्नेक्रममा रहेका अवैध आप्रवासीको लस्कर (क्याराभान) लाई रोक्न यस्तो कदम चालेको बताएका छन् । यो कदमले सीमामा...बाँकी अंश →


चीनमा खानी दुर्घटनामा १९ जनाको मृत्यु

बेइजिङ, १२ कात्तिक ,,  यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनीया सञ्चार माध्यमले जनाएको छ । सिन्ह्वाका अनुसार गत अक्टोबर २० मा कोइला खानीको सुरुङभित्र काम गरिरहेका मजदूर सुरुङको दुवैतर्फ ढुङ्गा खसेर थुनिएका थिए...बाँकी अंश →


काबुलमा आत्मघाती आक्रमण, केही घाइते

काबुल, १२ कात्तिक,,   अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) को प्रवेशद्वारनजिकै सोमबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ६ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । यस आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन । अफगानिस्तानको राजधानी काबुलमा रहेको आइइसीको मुख्यालयमा गत अक्टोबर २० मा भएको संसदीय निर्वाचनको मतपेटिका...बाँकी अंश →


जापानमा भूकम्प

टोकियो , १२ कात्तिक,,   दक्षिण जापानको टोरोशिमा द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान १० बजेर २८ मिनेटमा उक्त भूकम्प गएको हो । यद्यपी यस भूकम्पपछि सुुनामी चेतावनी दिइएको छैन । जापानमा सन् २०११ को मार्च महिनामा गएको ९.० म्याग्नीच्युडको...बाँकी अंश →


लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

जकार्ता, १२ कात्तिक ,,   इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त जहाज समुद्रमा खसेको भेटिएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter