२१ मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

मनिला, २२ पुस,, क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या १ सय २६ पुगेको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको...बाँकी अंश →


अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन, २१ पुस,, विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिनु भएको छ । वरिष्ठ डेमोक्र्याट नेताहरूसँग भएको वार्तापछि उहाँले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गर्न समेत सकिने बताउनु भएको हो...बाँकी अंश →


अमेरिकी विदेशमन्त्री मध्यपूर्वका आठ देश जाने

वासिङ्टन, २१ पुस,,  अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ अर्को हप्ता मध्य पूर्वका आठ देशको भ्रमणमा जानुहुने भएको छ । मध्यपूर्वका आठ देशको राजधानीमा हुने भेटघाटका क्रममा उहाँले यमन युद्ध, सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने तयारी र अरबी पत्रकार जमाल खशोग्जीको हत्याका बारेमा छलफल हुने भएको छ । आठ दिने भ्रमणका...बाँकी अंश →


फ्लोरिडाको सवारी दुर्घटनामा सात जनाको मृत्यु

फोर्ट लाउडरभिल, अमेरिका, २० पुस,, संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनाका क्रममा सवारी साधनमा आगो समेत लागेको थियो । उद्धारकर्मीहरुले आगो नियन्त्रणमा ल्याउनुका साथै केही घाइतेलाई उपचारका लागि अस्पताल भर्ना...बाँकी अंश →


अमेरिका उत्तर कोरिया वार्ता चाँडै– अमेरिकी विदेशमन्त्री

वासिङ्टन, २० पुस,, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरिया वार्ता चाँडै हुने बताउनुभएको छ । उहाँले दुई देशबीचको वार्ताको सम्भावना अझै रहेको र चाँडै नै वार्ता हुनसक्ने जानकारी दिनुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत वर्षको जुनमा उच्चस्तरीय वार्ता भएको थियो...बाँकी अंश →


मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

तिरुवनंतपुरम, भारत, २० पुस,,  दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७ सय ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दु धर्मावलम्बीहरुको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन्दिरमा परम्पराविपरित गएर महिलाले...बाँकी अंश →


अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त

वासिङटन, २० पुस,, अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ पनि हुनुभएको छ । संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका भएपनि...बाँकी अंश →


अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब

वासिङ्टन, १९ पुस,, अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ । हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनको सभामुखमा ट्रम्पविरोधी प्रखर वक्ता न्यान्सी पेलोसी चयन हुने सम्भावना छ । क्यालिफोर्निया...बाँकी अंश →


नाइजेरियामा यस हप्ता जारी सैनिक कारबाहीमा २८० बोको हराम मारिए

नियामी, १९ पुस,,  नाइजेरियामा बोको हराम विद्रोहीका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यस हप्तामात्र २८० जना बोको हरामका लडाकू मारिएका छन् । बोको हरामका विरुद्धमा यहाँको सेनाले गत डिसेम्बर २८ यता गरेको कारबाहीमा परी ती लडाकू मारिएका समाचारमा जनाइएको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई कारबाहीमा परेका हुन् ।...बाँकी अंश →


डुङ्गा दुर्घटनामा नौ व्यक्तिको मृत्यु, एकजना बेपत्ता

नयाँ दिल्ली १९ पुस,, पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एकजना बेपत्ता भएका समाचारमा जनाइएको छ । सरकारी अधिकारीहरुले बिहीबार सो जानकाारी दिएका छन् । उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो दुर्घटना भएको जनाइएको छ । समाचारदाताहरुका अनुसार यस...बाँकी अंश →


गिनीमा डुङ्गा दुर्घटनामा दुईको मृत्यु, तीस बेपत्ता

कोनाक्री, १९ पुस,,  गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा तीस जना बेपत्ता भएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । तटीय अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त सो डुङ्गामा कम्तीमा ४० जना यात्रु सवार थिए ।...बाँकी अंश →


सिरियाली विद्रोहीबीचको झडपमा मृत्यु हुनेको संख्या ५० जना पुग्यो

बेरुत, १९ पुस,,  सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित हायात तहरिर अल–शाम (एचटीएस) र विद्रोही समूहको एक गठबन्धनबीच पश्चिमी अलेप्पो प्रान्तमा झडप भएको जनाएको छ । बुधबार नै झिमेकी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter