२१ मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र

बैंकक, १६ फागुन ,, – पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामाबादले सुरक्षाको कारण देखाउँदै आफ्नोे आकाश बन्द गरेको छ । एयरलाइन्सका अनुसार करिब ३० वटा...बाँकी अंश →


अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

न्यूयोर्क, १६ फागुन ,, – अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ । मानवस्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययनहरुले देखाएका छन् ।...बाँकी अंश →


प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी

हनोई, १६ फागुन ,, उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताउनुभएको छ । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताउनुभयो । कोरियाली युद्धका कारण एकअर्काका विरोधी देखिएका उत्तर कोरिया र अमेरिकाबीच रहेको विगतको तिक्ततापूर्ण कुटनीतिक सम्बन्धलाई सामान्यीकरण...बाँकी अंश →


भारत पाकिस्तानबीचको तनाब ,, बजारमा उतारचढाव

मुम्बई, भारत, १६ फागुन ,,   भारत र पाकिस्तानबीच देखिएको तनाबका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ । लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत प्रशासित काश्मिरको आकाशमा छिरेको भन्दै भारतीय लडाकू विमानले प्रतिरक्षा गरेपछि पाकिस्तानी विमान फर्केको...बाँकी अंश →


इजिप्ट रेल दुर्घटनामा सात जनाको मृत्यु

कायरो, १५ फागुन ,,  – इजिप्टको कायरोस्थित रेलवे स्टेसनमा बुधबार भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ । इजिप्टको सुरक्षा र चिकित्सक सेवाका अनुसार यस दुर्घटनापछि रम्सेस रेलबे स्टेसनमा ठूलो आगलागी भएको र यसमा अन्य २० जना घाइते भएका छन् । आगलागी परी २० व्यक्ति घाइते भएकाले मृतकको सङ्ख्या...बाँकी अंश →


उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु

अबुजा, १५ फागुन ,,  नाइजेरियाको उत्तरी राज्य कदुनामा बन्दुकधारीहरुले चार वटा गाउँमा गरेको आक्रमणमा परी प्रहरी अधिकारीहरुसहित २९ जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बुधबार पुष्टि गरेको छ । कुदुना राज्यको कजुरु क्षेत्रमा चार वटा गाउँमा भएको यस आक्रमणमा परी अन्य दुई प्रहरी घाइते हुनुका साथै ४० वटा घरमा आगजनी गरिएको...बाँकी अंश →


इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

तेहरान, १५ फागुन ,, – इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिनुभएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गर्नुभएको सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ । ‘तपाईंको राजीनामा देश हितमा छैन, र त्यसलाई अस्वीकृत गरिएको छ,’ राष्ट्रपति रौहानीले भन्नुभएको छ । जारिफले सोमबार सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले...बाँकी अंश →


भारत र पािकस्तानलाई संयम अपनाउन पोम्पेओको आग्रह

वासिङ्टन, १५ फागुन ,, – भारत र पाकिस्तानबीच जारी तनाब कम गर्न केही नियन्त्रणमा रहेर मात्र थप क्रियाकलाप गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गर्नुभएको छ । अमेरिकी विदेश मन्त्रालयबाट मन्त्री पोम्पेओले जारी गर्नु भएको विज्ञप्तिमा सो आग्रह गरिएको हो । हाल भियतनामको हनोईमा रहनु भएका पोम्पेओले भारतीय विदेशमन्त्री शुस्मा...बाँकी अंश →


भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी

इस्लामाबाद, १५ फागुन ,, – पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानी...बाँकी अंश →


इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा

बग्दाद, १५ फागुन ,,  – इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरिएको छ । इराकको उत्तरी प्रान्त किर्कुकको अजादी शिक्षण अस्पतालमा ७० वर्षकी एक वृद्धाको उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि...बाँकी अंश →


नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित

अबुजा, नाइजेरिया, १५ फागुन ,, – अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको छ । मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र लडखडाएको अर्थव्यवस्थामा सुधार ल्याउन आफूलाई एक मौका दिन राष्ट्रपति बुहारीले आमजनता समक्ष आग्रह गर्नुभएको थियो । नाइजेरियाका धेरै नागरिकले नयाँ व्यक्तिलाई...बाँकी अंश →


ट्वीटरका सहसंस्थापक इभानको राजीनामा

क्यालिफोर्निया, १२ फागुन ,, – सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताउनुभएको छ । हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहनुभएका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter