२१ मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

बेलायती संसदमा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी

लन्डन, १८ चैत ,,  बेलायती संसद “हाउस अफ कमन्स”मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ । बेलायतको संसदले यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जीटका बारेमा ल्याउनु भएका प्रस्ताव दुईपटक अस्वीकृत गरिसकेको छ । उक्त प्रस्ताव विफल भएसँगै बेलायत र युरोपेली...बाँकी अंश →


दक्षिण कोरियाली राष्ट्रपतिको भनाई – शान्तिवार्ताप्रति अमेरिका उत्तर कोरिया प्रतिबद्ध छन्

सोल, १८ चैत ,,  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले केही समययतादेखि जारी रहेको शान्तिवार्ताप्रति अमेरिका र उत्तर कोरिया दुवै प्रतिबद्ध रहेका बताउनुभएको छ । उहाँले सोमबार राजधानी सोलमा आफ्ना केही निकटस्थ व्यक्तिहरुको बैठकलाई सम्बोधन गर्दै भन्नुभयो– शान्तिवार्ता तथा उत्तर कोरियामा निशस्त्रीकरण गर्ने भन्ने विषयप्रति अमेरिका र उत्तर कोरियाले आफ्नो...बाँकी अंश →


अफगानिस्तानमा पन्ध्र आइएस लडाकू मारिए

जलालाबाद , १८ चैत ,,  अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा अन्य १० लाडाकू घाइते भएको प्रान्तीय प्रवक्ता अत्ताउल्लाह खोगाीआनीले सोमबार जानकारी दिनुभएको छ । खोगीआनी जिल्लाको जेरोताङगी...बाँकी अंश →


युक्रेन चुनावः हास्यकलाकार जेलेन्स्की अग्रस्थानमा

किभ, १८ चैत ,,  युक्रेनमा राष्ट्रपतिका लागि आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा एक जना लोकप्रिय हास्यकलाकार भोलोडिमिर जेलेन्स्की अग्रस्थानमा रहनुभएको चुनाव आयोगले जनाएको छ । वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा चुनौती दिनुभएको थियो । कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोशेन्कोको भन्दा दोब्बर मत प्राप्त...बाँकी अंश →


बसमा आगलागी हुँदा बीस यात्रुको मृत्यु

लिमा, १८ चैत (रासस÷सिन्ह्वा) ः पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । लामो बाटोमा चल्ने यो बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो । उक्त बसमा खचाखच यात्रु रहेका थिए । गुडिरहेको बसमा अकस्मात आगो लागेको थियो...बाँकी अंश →


कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

टोकियो, १८ चैत ,,  विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी...बाँकी अंश →


भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

जोधपुर, १७ चैत ,, भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ । वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ । जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको...बाँकी अंश →


चिनियाँ कारखानाको उत्पादन मार्चमा बढ्यो – सर्वेक्षण

बेइजिङ, १७ चैत ,,  संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण केही महिनादेखि समस्यामा परेको चिनियाँ कारखानाको उत्पादन क्षमता सरकारको विशेष प्रयत्नका कारण मार्च महिनामा सुधार भएको छ । चिनियाँ तथ्याँक ब्यूरोले आइतबार सार्वजनिक गरेको विवरणमा चीनको मासिक खरिद सूचक ५०.५ रहेको देखाइएको छ । गत फेब्रुअरीको तुलनामा यो १.३ विन्दुले वृद्धि...बाँकी अंश →


उज्बेकिस्तानको बाह्य ऋण १७ अर्ब डलर

तास्कन्द, १७ चैत ,,  उज्बेकिस्तानको कूल बाह्य ऋण अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ९ दशमलब ५ प्रतिशतले वृद्धि भई १७ अर्ब ३० करोड डलर पुगेको छ । उज्बेकिस्तानको केन्द्रीय बैंकले अगामी वर्ष पनि सार्वजनिक क्षेत्रमा विदेशी ऋण अझै बढ्ने जनाएको छ । निजी क्षेत्रमा करिब ७ अर्ब २० करोड...बाँकी अंश →


थाक्सिनलाई दिएको शाही पदवी राजाद्वारा फिर्ता

बैङ्कक, १७ चैत ,,  थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको शाही मानपदवी फिर्ता गर्नु भएको छ । भ्रष्टाचारको अभियोग लागेकाले उहाँलाई दिइएको मानपदवी फिर्ता लिनु परेको राजदरबारको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ, “राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई...बाँकी अंश →


स्लोभाकियामा क्यापुटोभा राष्ट्रपतिमा निर्वाचित

ब्राटिस्लाभ, १७ चैत ,, सरकारकी आलोचक एवं भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतपरिणाम अनुसार उहाँ स्लोभाकियाको पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । वातावरण वकील क्यापुटोभाले कूल मतको ५८ दशमलब ४० प्रतिशत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी...बाँकी अंश →


इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प

बेइजिङ, १७ चैत ,, इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter