
पर्वत, २२ भदौ कहिले गाउँका बेरोजगार युवालाई स्वयंसेवकको रूपमा नियुक्ति गरेर, कहिले बाँदर नियन्त्रण अभियान गरेर त कहिले सत्केरीलाई भाले र घ्यू दिने अध्यक्ष उपहार कार्यक्रम गरेर चर्चामा आएको यहाँको एक गाउँपालिकाले फेरि जिल्लामै नमूनायोग्य काम शुरु गरेको छ । प्राय स्थानीय तहहरु सानातिना योजनामा बजेट विनियोजन गर्ने, ठूला...बाँकी अंश →

चिप्लेढुङ्गा, २२ भदौ सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको पोखराको युनाइटेड क्लबले आर्थिक वर्ष २०७५÷७६ मा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको जनाएको छ । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिडियाखाना निर्माण र सेती नदी संरक्षणको...बाँकी अंश →
पोखरा, २२ भदौ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गर्नुभएको छ । निजामती कर्मचारी दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवामा क्रियाशील बन्न आग्रह गर्नुभयो । सङ्घीयताको सफल कार्यान्वयन गर्न र सरकारले लिएको ‘सुखी नेपाली...बाँकी अंश →

पोखरा, २० भदौ कास्कीमा डेङ्गुका बिरामी बढेका छन् । कास्कीमा बिहीबारसम्ममा ६४९ डेङ्गु रोगबाट पीडित भएका छन् । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा १८, तनहुँमा १० र पर्वतमा दुई जना रोगी देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखराका विभिन्न अस्पतालका साथै कतिपयको घरमा चिकित्सकको निगरानीमा उपचार भइरहेको सो निर्देशनालयका...बाँकी अंश →
डोटी, २० भदौ विमलबहादुर विष्ट सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ...बाँकी अंश →

गोरखा, २० भदौ हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई बिहीबार पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका लामाले कुटपिट गरी...बाँकी अंश →

म्याग्दी, १९ भदौ धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्गमा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीस्थित उपल्लो ठूलोखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रमकमो प्राविधिक तथा गाउँपालिकाको आर्थिक सहयोगमा ५७ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माणपछि ठाडाखानी, दुखु र बिमका साथै मालिका आवतजावत गर्नेे पर्यटक...बाँकी अंश →

पर्वत, १९ भदौ कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री,...बाँकी अंश →

वालिङ, १८ भदौ स्याङ्जाको गल्याङमा आज जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ ३ बुटवल पावर कम्पनी नजिकैबाट झण्डै ४०० मिटर तल खस्दा जीपमा सवारमध्येकी एक महिला र एक बालकको...बाँकी अंश →

डोटी, १८ भदौ जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला नजिकै रहेको सेती नदीको भिर चट्टानमा मार्ने उद्देश्यले अज्ञात व्यक्तिले फालेका तीन वटा गाईको उद्धार गरिएको छ । उद्धार गरिएका गाईलाई संरक्षणका लागि दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको छ । सेती नदीको चट्टानमा कसैले फालेर फसिरहेका गाईलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा...बाँकी अंश →

दमौली, १८ भदौ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज यहाँ आयोजित १०औँ वार्षिक साधारणसभा तथा ३३औँ वार्षिकोत्सव उद्घाटन गर्दै उहाँले विद्यालय र क्याम्पस राजनीतिक भर्ती केन्द्रको रुपमा विकास भइरहेका कारण शिक्षा क्षेत्र...बाँकी अंश →

पर्वत, १८ भदौ म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँंग जोडने जिल्लाको मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ । यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे सात घण्टा बन्द गरिने भएको हो । यसअघि आठ घण्टा बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: