
काठमाडौँ, १५ असोज,, नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । भारतीय आयल कर्पोरेशनले आज पठाएको पछिल्लो मूल्यसूचीका...बाँकी अंश →

बेइजिङ, चीन, १३ असोज ,, चीन– अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ । युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना...बाँकी अंश →

काठमाडौँ, १३ असोज ,, निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ । नेपाल राष्ट्र बैङ्कले आज निर्धारण गरेको मूल्यअनुसार अमेरिकी १ डलरको खरिद दर ११५ रुपैयाँ ६८ पैसा छ । बिक्री दर भने राष्ट्र बैंकले १२६ रुपैयाँ २८ पैसा तोकेको छ । यूरो १ को खरिद दर...बाँकी अंश →

काठमाडौँ, १२ असोज,, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच आज भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार...बाँकी अंश →

काठमाडौँ, ४ असोज,, नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीनका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेको छ । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष सिएन पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाल वायुसेवा निगमका नवनियुक्त अध्यक्ष मदन खरेललाई भेटेर सो माग गर्नुभएको हो । नेपालको पर्यटन क्षेत्रको...बाँकी अंश →

काठमाडौँ, ४ असोज ,, उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई आज सम्बोधन गर्दै उहाँले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो ।...बाँकी अंश →

काठमाडाँै, ३ असोज ,, नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले आज एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री...बाँकी अंश →

काठमाडौँ, ३ असोज ,, निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ । मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब तीन वटा एटिआर विमान भएका छन् । उक्त विमान फ्रान्सको टुलुस शहरबाट इटाली, इजिप्ट, मस्कट हुँदै काठमाडौँ ल्याइएको कम्पनीले जनाएको...बाँकी अंश →

काठमाडौं, ३ असोज ,, मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले...बाँकी अंश →

काठमाडौँ, ३१ भदौ ,, नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब रु एक अर्ब बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ ।...बाँकी अंश →

चितवन, ३१ भदौ ,, अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु २४० मा बिक्री हुन थालेको छ । यसअघि ठूलो अण्डाको मूल्य...बाँकी अंश →

वासिङ्टन, ३० भदौ ,, संयुक्तराज्य अमेरिकाले बिहीबार दक्षिण कोरियालाई बिक्री गर्न लागेको दुई अर्ब ६० करोड डलरमा नयाँ लडाकू विमान र क्षेप्यास्त्र बिक्रीलाई स्वीकृति प्रदान गरेको छ । प्रतिसुरक्षा सहयोग एजेन्सीले एक वक्तव्यमा दक्षिण कोरियालाई छ वटा पोसीडान नामक लडाकू बिमान दुई अर्ब १० करोड डलरमा बिक्री गर्न लागिएको छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: