
वीरगञ्ज, ८ असोज (रासस) मूर्ति बिर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच भएको विवादलाई लिएर वीरगञ्जमा पनि तनाब उत्पन्न भएपछि महानगरपालिकाको अगुवाइमा आज सद्भाव ¥याली निकालिएको छ । वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट निष्किएको सद्भाव ¥यालीमा राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्था, धार्मिक सङ्घसंस्था, कर्मचारी, बुद्धिजीवीलगायतको सहभागिता थियो । ¥याली पश्चात् जिल्ला प्रशासन कार्यालय...बाँकी अंश →

काठमाडौँ, ६ असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादव साउदी अरबको ९३औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि साउदी अरबका राजदूत साद नसिर ए अबुहमेदले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, विभिन्न सामाजिक सङ्गठनका पदाधिकारी तथा वरिष्ठ पत्रकारहरूको...बाँकी अंश →

काठमाडौँ, ५ असोज (रासस) : धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्नुभएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमखुको बैठकपछि उहाँहरूले संयुक्त अपिल जारी गर्नुभएको हो । धार्मिक अगुवाहरूले कुनै पनि असंवैधानिक तथा गैरकानूनी क्रियाकलापमा कोही पनि...बाँकी अंश →

काठमाडौँ, ५ असोज : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ । सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच...बाँकी अंश →
काठमाडौँ, ३ असोज : एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही वृद्धि...बाँकी अंश →

काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उहाँले लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले...बाँकी अंश →

काठमाडौँ, ३ असोज : काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो । विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका...बाँकी अंश →

काठमाडौँ, २ असोज : नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित हुनुभएको थियो । प्रवेशिका (एसएससी) र प्रमाणपत्र तह (आइएससी) मा सर्वाेत्कृष्ट अङ्कसहित उत्तीर्ण भट्टराईले छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्चरल इन्जिनियरिङमा स्नातक, दिल्लीको स्कुल अफ प्लानिङ एन्ड...बाँकी अंश →

सियोल, १ असोज (रासस/सिन्ह्वा) ः उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हार्दिक धन्यवाद’ व्यक्त गर्नुभएको छ। उत्तर कोरियाली नेता किमको रूसको सुदूर पूर्वको भ्रमणले युक्रेनमा युद्धका लागि आणविक शक्ति सम्पन्न प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन सक्ने पश्चिमाहरूको आशङ्कालाई बढावा दिएको छ । भ्रमणका क्रममा उत्तर...बाँकी अंश →

काठमाडौँ, १ असोज : गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ । जारी निर्देशिकाअनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख गरिने छैन । साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने पनि निर्देशिकामा उल्लेख छ । कुनै फौजदारी अभियोगमा...बाँकी अंश →

काठमाडौँ, १ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहनुभएका उहाँले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन...बाँकी अंश →

काठमाडौँ, १ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा उहाँहरु बीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाल संयुक्त...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: