३० मंसिर २०८२

धर्म / संस्कृति

अध्यक्ष दाहालद्वारा इदको शुभकामना

काठमाडौँ, २७ साउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजहा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ । इदका अवसरमा आज शुभकामना दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति...बाँकी अंश →


बकरिद पर्व

विराटनगर, २६ साउन इस्लाम धर्मावलम्बीको महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले...बाँकी अंश →


लाखेनाच संरक्षणमा नेवार समुदाय

पर्वत, २२ साउन पछिल्लो केही वर्षयता हराउँदै गएको लाखेनाचको संरक्षणमा यहाँका नेवार समुदायले सक्रियता देखाउन थालेका छन् । नेपालका मौलिक नाचहरुमध्ये लाखेनाच लोकप्रिय नाचको रुपमा रहे पनि युवापुस्तामा रुचि नहुँदा यो संस्कृति हराउँदै जान थालेको थियो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखेनाच केही वर्षअघि विभिन्न...बाँकी अंश →


मिथिलामा राखी पर्वको रौनक

बर्दिवास, २१ साउन  साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको चहलपहल ह्वात्तै बढेको छ । जनजन परिचालन भएर साउन पूर्णिका दिन मनाइने यो पर्वको तयारी देखिन थालेसँगै मिथिला क्षेत्रमा अहिले राखी पर्वको रमझम बढेको हो । मिथिलाका फुटपाथे पसल होउन् वा पान पसल..! ठूल्ठूला व्यापारिक प्रष्ठिान होउन्...बाँकी अंश →


नागका मन्दिर र घरघरमा नागको पूजा

पोखरा, २० साउन श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं...बाँकी अंश →


लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र पूरा गर्न निर्देशन

काठमाडौँ, १७ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको छ । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र...बाँकी अंश →


मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो । उहाँले मस्जिदमा नमाज पढ्दा र...बाँकी अंश →


चौयाया संरक्षणका लागि जिम्मा लगाइयो

दाङ, १४ असार  ,,  तुलसीपुर बजामा धेरै समयदेखि अवरोध पु¥याउँदै आएका छाडा गाई तथा गोरुलाई आज संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुलसी गौशालाई जिम्मा लगाइएको छ । ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियानअन्तर्गत आज १५३ औँ हप्ताको सरसफाइ तथा वृक्षरोपण कार्यक्रमपछि छाडा गाई तथा गोरु संरक्षणका लागि उक्त उपमहानगरपालिकाका प्रमुख घनश्याम...बाँकी अंश →


बिहानैदेखि शक्तिपीठमा घुइँचो

भक्तपुर, १४ साउन  ,,  भक्तपुरका विभिन्न शक्तिपीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो । नेवार समुदायले आज बिहानै घरघरमा लिपपोत गरी शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा...बाँकी अंश →


तीजको विकृति रोक्न प्रशासनलाई ज्ञापनपत्र

चिप्लेढुङ्गा, ८ साउन  ,,  सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सुसभ्य तरिकाले मनाउने वातावरणका लागि नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । तीज आउनु महीना दिन अगाडिदेखिनै सामाजिकरूपमा देखिने भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाएको...बाँकी अंश →


हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन बन्दै

खोटाङ, ६ साउन  ,,   हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु...बाँकी अंश →


देवघाटमा भक्तजनको भीड

चितवन, ६ साउन  ,,  पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter