
पर्वत, २५ भदौ कुश्मा नगरपालिका–४ का अर्बुद रोगपीडित मीनबहादुर परियारलाई झण्डै रु १२ लाख सहयोग हस्तान्तरण गरिएको छ । पीडित परियारको उपचारका लागि थालिएको सहयोग सङ्कलन अभियानबाट सङ्कलन भएको रु ११ लाख ७४ हजार मङ्गलबार हस्तान्तरण गरिएको हो । पत्रकार रामकृष्ण लामिछानेको सक्रियतामा सङ्कलन भएको रकम एकमुष्टरूपमा परियारलाई हस्तान्तरण गरिएको...बाँकी अंश →

दमौली, २५ भदौ गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचार हुने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो । जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा...बाँकी अंश →

दमौली, २४ भदौ गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका अस्पतालमा कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताउनुभएको छ । अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रमअन्तर्गत न्यूनतम सेवा मापदण्ड फलोअप कार्यक्रमबारे जानकारी दिने उद्देश्यले दमौली अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कर्मचारी समायोजनका कारण प्रदेशभित्र कर्मचारी व्यवस्थापन गर्न समस्या परेको जानकारी...बाँकी अंश →

दमौली, २४ भदौ राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा एक हजार १०५ ले विवरण दर्ता गराएका छन् । साउन ६ गतेदेखि भदौ १८ गतेसम्म परिचयपत्रका लागि उक्त विवरण दर्ता गरिएको हो । विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र फिल्ड कार्यालय स्थापना गरिएको छ । फिल्ड कार्यालयका सुपरभाइजर मुना रिजालले दैनिक...बाँकी अंश →
पोखरा,२४ भदौ गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिनुभयोे । ४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: