मङ्गलबार, १८ बैशाख २०८१

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन पाइने

१४ असार २०७८, सोमबार १६:०५ मा प्रकाशित

काठमाडौँ – काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएका छन्।

सोमबार बसेको काठमाडौँ उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २५ सिट बढि क्षमता भएको सवारी साधनलाई मंगलबारदेखि चलाउन दिने निर्णय गरेको हो।

यी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने काठमाडौँ प्रशाशनले जारी गरेको सूचनामा उल्लेख छ। बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छ।

लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन। अन्य जिल्लाबाट पास बोकेर आएका बाहेक सवारी साधनहरु उपत्यका भित्रिन पाउने छैनन्।

उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने र अनिवार्य रुपमा भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ। नीजि सवारी साधनहरु कार, जिप, भ्यानमा बढीमा ४ जना, ट्याक्सीमा बढीमा ३ जना र मोटर साइकल/स्कुटर पनि जोर बिजोर प्रणालीमा सञ्चालन गर्न सकिने छ।

त्यसैगरी खाद्यान्न, दूध तथा दुग्धजन्य पद्धार्थ, फलफुल, तरकारी, माछा, मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसलहरु, खेलकुद सामग्री पसल, स्टेशनरी/पुस्तक पसलहरु साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ।

डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतिय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल, निर्माणजन्य सामग्रीको पसल लगायतका पसल भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सञ्चालन गर्न सकिने छ।

अत्यावश्यक बस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने छ।

विवाह तथा ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म मात्रै सहभागी हुने गरी आफ्नो घर वा बसेको स्थानमा गर्न सकिने र सो प्रयोजनका लागि २ वटा सवारी साधन सञ्चालन गर्न दिइनेछ।

सभा, सम्मेलन र गोष्ठीहरु भने खुल्ला गरिएको छैन । यो आदेश असार २१ गतेसम्मका लागि लागु हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter