मङ्गलबार, १८ बैशाख २०८१

काठमाडौंबाट गाउँ फर्किएका तेह्रथुमका ६ जनाको आरडीटी कोरोना रिपोर्ट पोजिटिभ

७ बैशाख २०७७, आईतवार ०९:५१ मा प्रकाशित

तेह्रथुम : तेह्रथुममा र्या‍पिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका ६ जनाको कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट पोजिटिभ देखिएको छ। आरडीटी रिपोर्ट पोजिटिभ देखिएका सबै मेन्छ्यायेम गाउँपालिकाका हुन्।

दुई दिनको अन्तरालमा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिनेको संख्या बढेको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताए।

काठमाडौंबाट गाउँ फर्किएका एक युवासहित पाँचजनामा आरडीटी पोजिटिभ देखिएको मोराहाङ स्वास्थ्य चौकीका इन्चार्ज पंकज यादवले जानकारी दिए।

आरडीटी पोजेटिभ देखिएकामध्ये दुईजना गाउँपालिकाले निर्माण गरेको आइसोलेसन र चार जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला अस्पतालका डा. आनन्द देवले जानकारी दिए। उनीहरुको स्वाब परीक्षणको लागि कोसी अस्पताल विराटनगरमा पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter