मङ्गलबार, १८ बैशाख २०८१

रसुवागढी नाकाबाट करिब १ किलो सुनसहित २ महिला पक्राउ

९ मंसिर २०७६, सोमबार १४:११ मा प्रकाशित

९ मंसिर, काठमाडौं

रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ परेका छन् ।

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान रसुवागढी नाकाबाट उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

रसुवाका प्रजिअ भण्डारीका अनुसार, उनीहरूले पटुकामा बाँधेर सुन भित्र्याएका थिए । ‘६ वटा सुनका डल्ला फेला परेका छन् । रसुवागढीमा तौल गर्ने उपकरण नभएकाले जिल्ला सदरमुकाम धुन्चे ल्याइएको छ’, प्रजिअ भण्डारीले भने ।

भण्डारीका अनुसार, पछिल्लो समय तस्करहरू महिलाहरूलाई प्रयोग गरी सुन तस्करी गर्ने शैली अपनाउन थालेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter