०४ पुष २०८२

व्यास नगरपालिकामा विपद् व्यवस्थापन समिति

२४ असार २०७६, मंगलवार १५:३८ मा प्रकाशित

तनहुँ, २४ असार  ,,  विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तनहुँको व्यास नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका चौधवटै वडामा विपद् व्यवस्थापन समिति गठन गरेको छ । ती वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन गरिएको नगरपालिकाका शाखा अधिकृत विमल गिरीले जानकारी दिनुभयो । “प्रत्येक वडाबाट एक÷एक गरी चौध जनालाई विपद् व्यवस्थापन तालीम प्रदान गरिसकिएको छ” उहाँले भन्नुभयो, “नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन तथा विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि पनि बनाएको छ ।” नगरपालिकाले विपद्को बेला उद्धारका लागि रू ३० लाखको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाबाट सञ्चालन हुने विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम तथा बजेट प्रस्ताव गर्ने नियम अनुरुप उक्त रकम प्रस्ताव गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगर क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसाधरणलाई सुरक्षित राख्न र सार्वजानिक तथा निजी सम्पत्ति नोक्सानी हुनबाट बचाउन ऐन पनि निमार्ण गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter