मङ्गलबार, १८ बैशाख २०८१

बोको हरामको आक्रमण सेनाद्वारा विफल

२० असार २०७६, शुक्रबार १६:५१ मा प्रकाशित

अबुजा, २० असार   ,,  नाइजेरियाली सेनाले आतंकवादी संगठन बोको हरामका लडाकूले सैनिक शिविरमा गरेको आक्रमणलाई विफल तुल्याएको जनाएको छ । नाइजेरियाको बोर्नो राज्यमा बोको हरामले बिहीबार राति आक्रमण गरेका थिए । सेनाको जवाफी कारबाहीमा ठूलो संख्यामा बोको हरामका लडाकूहरु मारिएको पनि सेनाले दाबी गरेको छ । सेनाका ब्रिगेडियर जनरल बुलामा बिउले नाइजेरियाली वायुसेनाको सहयोगमा सैनिकले बोको हरामका लडाकूहरुलाई परास्त गरेको जानकारी दिनुभयो । बन्दुक–जडित ट्रकमा आएका बोको हरामका लडाकूहरुले सेनाको शिविरमा आक्रमणको प्रयास गरेका थिए । दुई दिनअघि पनि बोर्नोको छिमेकी राज्य योबेमा पनि बोको हरामका लडाकूले सैनिक शिविरमा असफल आक्रमण गरेका थिए । भिडन्तमा मारिएका लडाकाको संख्याका बारेमा बताउन अस्वीकार गर्नुभएका ब्रिगेडियर जनरल बिउले बोको हरामका लडाकूबाट दुई वटा ट्रक र हातहतियार बरामद गरिएको बताउनुभयो । सिन्ह्वालाई प्राप्त अर्को एक सूचना अनुसार सेनाको प्रतिकारका क्रममा कम्तीमा नौ जना आतंकवादी मारिएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter