०६ पुष २०८२

नजरुन निशाको घर निर्माण गर्दै कतार च्यारिटी

केयरखबर

१४ असार २०७६, शनिबार १२:२७ मा प्रकाशित

नजरुन निसा मुसलमानको घर निर्माण गर्न कतार च्यारिटीले सहयोग गरेको छ ।

रूपन्देही जिल्लाको मायादेवी नगरपालिका वडा नम्बर ५ सिमरहना स्थित असार१३ गते शुक्रवार कतार च्यारिटी नामक गैरसरकारी संस्थाले नजरुन निसाको घर को शिलान्यास गरेको छ ।
प्रदेश नम्बर पांच का प्रदेश सभासद वसिउद्दीन खानले शिलान्यास गरेका छन ।

दुई सुत्ने कोठा, एक भान्सा घर, एक शौचालय र एक पढ़ने कोठा गरि जम्मा ४१ वर्ग मीटरको घर निर्माण गरि हस्तांतरण गर्ने कार्यक्रम रहेको कतार च्यारिटीका कंस्ट्रक्शन आफिसर इंजीनियर आमिर फैसलले जानकारी दिएका छन।

आर सी सी घर निर्माण गरेर हस्तांतरण गर्ने समयमा दुई वेड, दुई दराज र दुई पँखा का साथै भान्साघरको सामाग्री समेत कतार च्यारिटीले उपलब्ध गराउने इंजीनियर आमिर फैसलले जानकारी दिएका हुन ।
नजरुन निसा का एक छोरा र एक छोरी रहेको घरपरिवारमा श्रीमानको भने देहान्त भई सकेको छ ।

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter