आज नेपाल ल क्याम्पसमा Yes Together We Can द्वारा आयोजित #लोकसेवामा_समावेशि भन्ने विषयक अन्तरक्रिया सफलता पुर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित रहेका पूर्वमन्त्री समेत रहेका माननीय अधिवक्ता अकबाल अहमद ज्युले राज्यको शासन व्यवस्थाको प्रतिनिधि गरिरहेका वर्गको निकै अनुभवमा आधारित कुराहरू राख्नु भयो ।
संघीयता लाई नै नष्ट गर्ने नियतमा अहिले खस आर्यहरू लागेको मानसिकताको उपज भएको यो लोकसेवा आयोगको विज्ञापन रहेको बताए ।
संविधान आफ्नो मुख हेर्ने ऐना हो । यसमा जून समुदायको नेतृत्व हुदैन त्यो पीड़ा र भेदभावमा पर्छन।

अर्का अतिथी वक्ता दीपक राई ज्युले यो विज्ञापन बाड़फाड़ को घाउ हो । लोकसेवा आयोगले जारी गरेको विज्ञापन बिरुद्ध हामी निरन्तरता दी रहेका छौँ ।
अर्को अतिथिको रुपमा आमन्त्रित रहेकी महिला अधिकर्मी रीता साह ज्युले आउदो ३ गते भित्र नै यो विज्ञापन सच्याउन उपलब्धिमुलक प्रयास गर्नु पर्छ भन्ने कुरा राख्नु भयो ।
योजनाबद्व ढङ्गले संघीयता लाई खारेच गर्ने प्रयास भई रहेको संका हुन थाल्यो ।
कार्यक्रममा प्रदेश नम्बर का समाजवादी विद्यार्थी फोरमका अध्यक्ष अशोक राई, नेपाल ल क्याम्पस को अनेरास्ववियुको अध्यक्ष लगायत कानून, पत्रकारिता, समाजशास्त्र , मेडिकल, इंजीनियरिंग लगायतक्षेत्रमा अध्ययनरत विद्यार्थी अगुवाहरूको उपस्थिति थियो ।
कार्यक्रममा संस्थाको निम्तोस्वीकार गरि आऊनु भएका सम्पूर्ण साथिहरुलाई स्वागत गर्न मनतब्य शमशाद आदिल ले दिएका थिए भने कार्यक्रमको संचालन स्वयम संस्थाका अध्यक्ष गोबिंद साहले गर्नु भएको थिए ।
अन्त्यमा सहभागि साथिहरुले आफ्नो जिज्ञासाहरू राखेका थिए ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू