०७ पुष २०८२

हिमाल आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

२० बैशाख २०७६, शुक्रबार १४:३९ मा प्रकाशित

काठमाडौँ, २० वैशाख ,,  नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत गर्दै पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको हो ।

“नेपालका विभिन्न क्षेत्रका भ्रमणमा रहेका तथा पर्वतारोहणका लागि विभिन्न हिमाल गएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने संस्थालाई प्रतिकूल मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित ठाउँमा राख्न आग्रह गर्दछौँ,”–विज्ञप्तिमा भनिएको छ । विभागका निर्देशक मीरा आचार्यले तराई तथा पहाडी क्षेत्रमा भिषण हावाहुरी आउनाका साथै पानी पर्न सक्ने भएकाले त्यसबाट जोगिन समेत सबैलाई आग्रह गर्नुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

मुख्य खबर

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter