भक्तपुर, १६ वैशाख ,, सांसद महेश बस्नेतले भक्तपुरमा विगत डेढवर्षको अन्तरालमा विकासको काम तीव्र रुपले अघि बढेको बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिका–१ र ४ जोड्ने चरखण्डी खोलाको पुलको आज उद्घाटन गर्दै उहाँले भक्तपुरको विकास निर्माणका लागि आएको कुनै पनि बजेट नरोकिने गरी विकासका कामलाई पूर्णता दिने काम भइरहेको छ भन्नुभयो । सांसद बस्नेतले भक्तपुरको सडक, ढल, करिडोर तथा राष्ट्रिय गौरवका बहुवर्षीय आयोजनालगायतका एक वर्षमा २० वटा भन्दा बढी निर्माणको काम भइरहेको बताउनुभयो । यसवर्ष हनुमन्ते नदीमा मात्रै आठवटा ठूला पुल तथा भक्तपुरमा एक दर्जनभन्दा बढी साना पुल निर्माण भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भक्तपुरमा ५९ सडक निर्माण तथा बोलपत्रको प्रक्रियामा रहेको जानकारी गराउँदै सडकबाट थप यो वर्ष १६ वटा सडक विस्तृत परियोजनाप्रतिवेदन (डिपिआर) को प्रक्रियामा रहेको बताउनुभयो । रु एक करोड १२ लाखको लागतमा सात मिटर लम्बाइ र सात मिटर चौडाईको उक्त पुल निर्माण सम्पन्न भएको हो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू