०७ पुष २०८२

हेलिप्याड निर्माण शुरु

१५ बैशाख २०७६, आईतवार १५:१६ मा प्रकाशित

रसुवा १५ वैशाख  ,,  हेलिकोप्टरलाई सहज तवरले अवतरण गराउन उत्तरी रसुवाको स्याफ्रुवेशीमा हेलिप्याड निर्माणको प्रकृया अगाडि बढेको छ ।
गोशाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार गाउँपालिकाको मुख्य कार्यालय रहेको गोशाइँकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुवेशीमा आकस्मिक उद्वारको लागि हेलिकोप्टर अवतरण गर्ने मैदान निर्माणको प्रकृया अगाडि बढाइएको हो ।
राजमार्गले जोडिएको स्थान भए पनि वर्षायाममा सडक मार्ग अवरूद्व हुन सक्ने सम्भावना लाई मध्येनजर राख्दै स्थानीयस्तरका अस्पतालमा उपचार हुन नसक्ने विरामी तत्काल राजधानीका सुविधा सम्पन्न अस्पतालमा पु¥याउन हेलिप्याड निर्माणको कार्य योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय वासिन्दाको अलावा रसुवा नाकाबाट चीन आउनेजाने पर्यटक,मानसरोवर जाने तिर्थयात्रुलाईसमेत आकस्मिक कार्यमा हेलिकोप्टर सेवा लिन सहज हुने बताइएको छ ।
हेलिप्याड निर्माणको लागि स्याफ्रुवेशी स्थित चिलिमे जल विधुत केन्द्रको कार्यालय जाने सहायक मार्गको मुनि अर्थात बौद्ध छुर्तेन मन्दिरको नजिक एकसाथ वि थ्रि मोडलका २ ओटा हेलिकोप्टर अवतरण गर्न सक्ने खालको हेलिप्याड निर्माणको डिजाएन बनाइएको गाउँपालिकाका सवईन्जिनीयर प्रेमप्रकाश बस्नेतले जानकारी दिनु भयो ।

गुम्वा निर्माण शुरू

भूकम्पले क्षति पु¥याएको रसुवाका ५४ओटा बौध गुम्वा मध्ये गोशाइँकुण्ड गाउँपालिका वडा नं ६ धुञ्चे स्थित टुल्कुछोलिङ गुम्वाको निर्माण प्रकृया अगाडि बढेको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, पुरातत्व विभाग तथा स्थानीय सरकारको त्रिपक्षीय साझेदारीमा करिब रु छ करोडको लागतमा निर्माण हुने गुम्वाको निर्माणस्थल भने स्काभेटरको सहायताले माटो कटिङ तथा सतह मिलाउने काम सम्पन्न भै सकेको गोशाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्प तामाङले जानकारी दिनु भयो ।
स्थानीय ज्येष्ठ नागरिकका अनुसार धुञ्चेको टुल्कुछेलिङ गुम्वा १०० वर्ष पुरानो हो ।
वि सं २०७२ को भूकम्पले गुम्वा भत्काए पछि तत्कालीन समयको पुजाआजामा सहज पार्न नेपाल रेडक्रस रसुवाले जस्तापाता उपलव्ध गराएको थियो ।

तपाईंको प्रतिकृयाहरू

मुख्य खबर

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter