काठमाडौं स्कुल अफ ल कलेजका चौथो बर्षका बिधार्थीहरु द्वारा मुस्लिम आयोगको अध्यक्षमाथि मुद्दा दायर गरेका छन।केएसएल का बिधार्थी एवन निवेदन कर्ता सुनिता कटवाल र पुजा सिलवाल संग कुराकानि हुदा निम्न कुराहरु भन्नु भयो। २०७५/१०/६ गतेका दिन सबैधनिक परिषदले मुस्लिम आयोगको अध्यक्षमा समिम मिया अन्सारी लाई सिफारिस गरे ता पनि संसदिय सुनुवाइ समितिले कुनै किसिमको निर्णय गर्न सकरको थिएन ।यस्तो अबस्थामा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समितिले ४५ दिन भित्र निणय दिन नसकेमा स्वत स्वीकृत हुने ब्यवस्था छ।सो व्यवस्था लाई चुनौती दिदै योग्यताको समेत प्रस्न उठाउदै पहिले पनि यस सम्बन्धि रिट परे पनि सार्वजनिक सरोकार लाई मध्यनजर राख्दै काठमाडौ स्कुल ओफ ल बि.ए. एल.एल.बि. चौथो बर्षका विद्यार्थीहरु सुनिता कटुवाल,विश्वास बिस्ट,जेनिशा बुडाथोकी,प्रज्वल बिक्रम राणा,पुजा सिलवाल,निखिल डंगोल,सागर बराल र पुर्षोतम सुबेदी लगायत का विद्यार्थीहरुले समिम मिया अन्सारी विरुद्ध अर्को रिट दायर गरेका छ्न।
मुस्लिम आयोग ऐन 2074 को दफा ३ (ग) मा नियुक्तिका बखत राजनितिक आबलता न हुने ब्याबस्था रहेता पनि सो ब्याबस्थालाई बर्खिलाप गर्दै अन्सारी लाई मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरिएको थियो।
विद्यार्थीहरुले सुरु उपचार को रुपमा सुचनाको हकलाई प्रयोग गरि सैबधानिक परिषदको सचिवालय लाई आधार र कारण खुलाई पाउ भनी निवेदन दिएका थिए तर सैबधानिक परिषदको सचिवालले कुनै पनि प्रकारको लिखित जवाफ पेश नगरे पछि विद्यार्थीहरुले सो सम्बन्धमा सर्वोच्चमा रिट दायर गरेका हुन।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू