०७ चैत २०८२

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

११ बैशाख २०७६, बुधबार १४:०४ मा प्रकाशित

राजविराज, ११ वैशाख ,,  पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको आज घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताउनुभयो । सोही दुर्घटनामा परी चालकसहित चार जनासमेत घाइते भएका छन् ।

उनीहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित मोहली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन भने ट्र्याक्टर सडकको छेउमा पल्टेको छ । फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा तत्काल नम्बर नखुलेको औनटेस्ट ट्र्याक्टर अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित सितापुरमा दुर्घटनामा परेको थियो ।

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter