०८ पुष २०८२

मोटरसाइकल दुर्घटनामा मृत्यु

११ बैशाख २०७६, बुधबार १०:१५ मा प्रकाशित

इनरुवा, ११ वैशाख  ,,  पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा मङ्गलबार मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नंको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को५प ५०३३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुर गाईघाट नगरपालिका–१३ पुरानो बजारका २० वर्षीय सङ्गम राई घाइते भएका थिए ।
गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते राईलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । ट्रक र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

सीमानाका खुला

भारतमा भएको लोकसभा निर्वाचनका कारण बन्द गरिएको सुनसरीको सीमानाका मङ्गलबार साँझदेखि खुला भएको छ । भारतमा तेस्रो चरणमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आइतबार राति १२ बजेबाट लागू हुने गरी सुनसरीको सीमानाका ४८ घण्टाका लागि सिल गरिएको थियो ।

निर्वाचन सम्पन्न भएसँगै कोशी ब्यारेजदेखि केसलिया नदीसम्मको ६२ किलोमिटर सीमानाका खुला भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter