०८ पुष २०८२

शीतभण्डार स्थापना

१० बैशाख २०७६, मंगलवार १०:५४ मा प्रकाशित

नवलपरासी, १० वैशाख  ,, समग्र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सहीमा शीतभण्डार स्थापना गर्ने कामको शुरुआत भएको छ ।

स्थानीय तहको २५ प्रतिशत रु एक करोड २५ लाख र बाँकी ७५ प्रतिशत रकम प्रदेश सरकारको लगानीमा शीतभण्डार स्थापनाका लागि काम अघि बढाइएको हो ।

पाँच सय मेट्रिकटन क्षमताको बन्ने शीतभण्डार निमार्णका लागि कूल एक बिघा १७ कठ्ठा क्षेत्रफल जग्गा गाउँपालिकाले व्यवस्थापना गरिसकेको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ भित्र निमार्ण सम्पन्न गर्ने गरी प्रदेश सरकार र स्थानीय तहको लागानीमा शीतभण्डार स्थापनाको काम अघि बढाइएको गाउँपालिकका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

शीतभण्डारले किसानलाई कृषि क्षेत्रमा बजारीकरणका लागि थप सहजता हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारको मुख्य लगानीमा ग्रामीण क्षेत्रमा शीतभण्डार स्थापना भएपछि यस क्षेत्रका कृषक लाभान्वित हुने अपेक्षा गरिएको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खुप्रसाद यादवले बताउनुभयो ।

आलु, प्याज, लसुनलगायतका तरकारी र केरा फलफूललगायतका कृषि उपज उत्पादनका लागि यस क्षेत्रलाई राम्रो उर्वरभूमि मानिन्छ । शीतभण्डार स्थापनापछि किसानले उत्पादन गरेको कृषि उपजको राम्रो मूल्य पाउने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

मुख्य खबर

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter