०८ पुष २०८२

आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त

१० बैशाख २०७६, मंगलवार १०:४६ मा प्रकाशित

राँझा, १० वैशाख ,, नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त भएको छ । धु्रव दाहालले सञ्चालन गरेको सौगात इलेक्ट्रोनिक्समा आगलागी भएको हो ।

कोही नभएको बेलामा भएको आगलागीबाट पसलमा रहेको एलइडी टिभी, फ्रिजलगायतका सामग्री जलेर ध्वस्त भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । उहाँले विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने जानकारी दिनुभयो । आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो । घटनास्थलमा पुग्नुभएका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार, राति करीब ९ बजेतिर शुरु भएको आगलागीबाट रु एक करोड बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

पसल बन्द गरेर घरमा गएको बेला आगलागी भएको थियो । छिमेकीले खबर गरेपछि तुरुन्तै आएको दमकलले सटर फोडेर आगोलाई नियन्त्रणमा लिएको थियो । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा लिइएका कारण पछाडिपट्टि रहेको गोदाम सुरक्षित भए पनि पसल ध्वस्त भएकोे स्थानीयवासी छिमेकी दत्तप्रसाद आचार्यले बताउनुभयो । आगो नियन्त्रणमा आइसकेपछि मात्र पसलका सञ्चालक दाहाल पुग्नुभएको थियो ।

नेपालगञ्जमा बितेको छ महीनायता मात्रै तीन पसलमा आगलागीका घटना भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैश्यले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter