
आज मिति २०७५ चैत्र १९ गते बेलुका चार वजे देखि सड़क मार्फत वारा पर्साको हुरि पीड़ितको लागि आर्थिक संकलन गर्नमा कन्फिडेन्स नेपाल खटेको छ । आज पहिलो दिनको आर्थिक संकलन अभियान मार्फत रु १७९१८ संकलन भएको प्रशांत कुमार मोदकले बताए । अभियानको संयोजक रहेको प्रशांत कुमारको नेतृत्वमा पन्ध्र जनाको टोली खटेको थियो । काठमाडौँको नया बानेश्वर र आसन गरि दुई ठाउँमा टोली ले करीब तीन घण्टामा उक्त रुपैया संकलन गरेको हो । कन्फिडेन्स नेपाल का केन्द्रिय संयोजक शमशाद आदिल स्वयं सहभागी रहेको अभियानले नया पुस्ताका युवाहरुलाई आफ्नो समाज र राष्ट्रको हरेक अवस्था प्रति सजग रहने सन्देश दिएका छन ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू