१६ चैत २०८२

नेपाल भारत सम्बन्ध सुदृढ़ीकरण बारे अभियान संचालित

१० चैत्र २०७५, आईतवार १२:२६ मा प्रकाशित

नेपाल भारत सम्बन्ध सुदृढ़ीकरणमा कानून तथा न्यायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना नेपालगंजमा हुन गईरहेको आयोजक संस्थाले जनाएको छ ।

नेपाल र नेपालीको रक्षा तथा विकास गर्ने उद्देश्यले स्थापना गरिएको ‛द मदर फाउंडेशन ‘ले उक्त कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपाल भारतका जनताहरू बीच आपसी मित्रता सम्बन्ध र सहकार्य बढाउने उद्देश्यले आफ्नो संस्थाले उक्त अभियान संचालन गरेको आयोजक संस्थाका संस्थापक डाक्टर सलाहुद्दीन अख्तर सिद्दीकीले जानकारी दिएका छन ।
प्रथम अन्तरक्रिया नेपालगन्जमा हुने र दोस्रो धनगढ़ीमा हुने बताए । त्यस्तै तेस्रो र चौथो अन्तरक्रिया भारतको नैनीताल र दिल्लीमा हुने छ ।
अन्तरक्रिया कार्यक्रममा दुवै देशका राजनीतिक सामाजिक अगुवाहरूको साथै संचारकर्मी मानवाधिकारकर्मी व्यापारी लगायतको सहभागिता रहने कुरा उच्च अदालतका पूर्व न्यायाधीश समेत रहेका डा. सलाहुद्दीन अख्तरले जानकारी गराएका हुन।
यस अभियान मार्फ़त दुवै देशका सरकारलाई अंतरराष्ट्रीय जनमुखी योजना निर्माण गर्न सहयोग हुने समेत जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter