२० माघ २०८२

काङग्रेस नेता डङ्गोललाई मातृशोक

१ चैत्र २०७५, शुक्रबार ११:०५ मा प्रकाशित

काठमाडौँ, १ चैत ,,  नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री तीर्थराम डङ्गोललाई मातृशोक परेको छ ।

नेपाली काङ्ग्रेस काठमाडौँका पूर्वसभापतिसमेत रहनुभएका नेता डङ्गोलकी आमा नानीमैंजु डङ्गोलको बिहीबार राति ९८ वर्षको उमेरमा आफ्नै निवास कुलेश्वरमा निधन भएको नेपाली काङ्ग्रेस काठमाडौँका नेता गणेश रिजालले जानकारी दिनुभयो ।

स्व डङ्गोलको आज टेकुस्थित दोभानमा अन्त्येष्टि गरिएको छ । स्व डङ्गोलका तीन छोरा र एक छोरी हुनुहुन्छ, जसमध्ये नेता डङ्गोल जेठो छोरा हुनुहुन्छ ।
–––

तपाईंको प्रतिकृयाहरू

राष्ट्रिय

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter