२१ माघ २०८२

विकासका लागि हातेमालो गर्न महानगर तयार ः चिरिबाबु

१६ फाल्गुन २०७५, बिहीबार १५:२४ मा प्रकाशित

ललितपुर, १६ फागुन ,, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभएको छ ।

महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो २० महीनाको कार्यकालमा ६४ वटा बैठक सञ्चालन भइसके । राजनीतिक रुपमा आफू अल्पमतमा रहे पनि एउटा पनि विवाद छैन ।”

वडा नं १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले स्थानीय विकास निर्माणमा पूर्ण पारदर्शिता अपनाएमा बजेटको अभाव नहुने बताउनुभयो । कार्यक्रममा मगरगाउँ पीपलबोट सडक निर्माण उपभोक्ता समितिको अगुवाइमा मगरगाउँदेखि सानो खोकनासम्मको सडक निर्माण सम्पन्न भएको जानकारी गराइयो । उक्त सडक निर्माण गर्न महानगरपालिका र स्थानीय उपभोक्ताको चन्दाबाट करीब रु ३२ लाख प्राप्त भएको समितिले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

राष्ट्रिय

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter