एउटा सानो गाउँमा पनि सडक मर्मत र निर्माण मा सबैभन्दा बढी बजेट खर्च भएको हुन्छ। माटो भर्ने, ग्रेभल गर्ने सिलसिला चलिरहन्छ। तर विडम्बना के भने सडक उही हो, प्रत्येक वर्ष सोही सडकको नाममा लाखौँ रकम खर्च भएको हुन्छ। एक दुई बर्ष नबित्दै फेरि सडक पुरानै अवस्थामा फर्केको हुन्छ। लाग्छ सडक पैसा खाने मेसिन रहेछ।
तर अहिले व्यवस्था फेरिएको छ। लामो संघर्ष, विभिन्न किसिमका आन्दोलन, जनआन्दोलन एवंम मधेश आन्दोलनका शहिदहरुको रगतले मुलुकमा नयाँ शासन व्यवस्था आएको छ। गाउँ गाउँमा सिंहदरबार पुर्याउने प्रयास भएको छ। र प्राय: स्थानीय तहहरुले आफ्नो कुल बजेटको सबैभन्दा ठूलो हिस्सा सडक ढलान तथा नाला निर्माण कार्यमा धमाधम विनियोजन गरिरहेको छ।
व्यवस्था फेरिए पनि गरीब, दलित, किसान, मजदुरको अवस्था फेरिएको छैन। तर स्थानीय तहमा हुने सडक निर्माण, मर्मत र सम्भार को पुरानो रवैया लाई फेर्नै पर्छ। आखिर कहिले सम्म हाम्रो गाउँ घरको! स्थानीय तहको राजनीति सडक मा नै अल्झिरहने छ।
त्यसैले अब ठोस योजनाहरु आउनु पर्छ। विस्तारै भए पनि हाम्रो गाउँ टोलमा भएका सबै स्थानीय बाटोहरु टिकाउ एवं गुणस्तरिय बनाई छिटो भन्दा छिटो सडक मै अल्झिएको राजनीति बाट उम्किनु पर्छ। र एउटा नयाँ किसिमको स्थानीय राजनीतिको शुभारम्भ गर्नुपर्छ, जसले पूर्ण रुपमा समृद्धिको व्याख्या गरोस्।
(लेखक सुनिल प्रसाद समाजशास्त्र का विद्यार्थी हुन्।)
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू