२१ मंसिर २०८२

पेट्रोलियम पदार्थ मूल्य वृद्धिः नेविसंघको विरोध

११ जेष्ठ २०७५, शुक्रबार १८:१५ मा प्रकाशित

काठमाडौँ, ११ जेठ (रासस) नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ ।

नेपाल विद्यार्थी संघ काठमाडौँको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा आज स्थानीय प्रदर्शनी मार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिशनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाउनुभयो ।

नेविसंघका उपाध्यक्ष नवीन राई, रामप्रसाद अधिकारीलगायतले बहुमतका नाममा सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गरेको, जन्मकैदका दोषीलाई कारागारमुक्त गर्न खोजेको भनी विरोध गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

मुख्य खबर

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter