२४ चैत २०८२

अपाङ्गता भएकालाई छात्रवृत्ति

२२ पुष २०७५, आईतवार १६:०५ मा प्रकाशित

धम्बोझी, २२पुस,, बारबर्दिया दुदास्थित युवक माध्यमिक विद्यालयले आफ्ना संस्थापक प्रधानाध्यापक र शिक्षकका स्मृतिमा विभिन्न कक्षामा अध्यनरत तीन अपाङ्गता भएका छात्रछात्रालाई जनही रु ५ हजार र सात अन्य विद्यार्थीलाई जनही रु एक हजारका दरले छात्रवृत्ति वितरण गरेको छ । शैक्षिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले शिक्षा क्षेत्रमा क्रियाशील रुपलाल थारु र धनीरामले थारू भाषा, साहित्य कला र संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउनुभयो ।

विसं २०४५ मा स्थापित सो विद्यालयमा आयोजित शैक्षिक तथा सांस्कृतिक कार्यक्रममा छात्रवृत्ति वितरण गर्दै नगरप्रमुख थारूले संस्थापक प्रधानाध्यापक रुपलाल र शिक्षक धनीरामले विद्यालय स्थापना गर्दा देखेका सपना आज पूरा भएको बताउनु भयो ।
–––

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter