२१ मंसिर २०८२

बम निष्क्रिय गराउने क्रममा एक प्रहरीको मृत्यु

२२ पुष २०७५, आईतवार १५:२७ मा प्रकाशित

कायरो, २२ पुस,,  इजिप्टमा शनिबार एक चर्चको बाहिरी इलाकामा रहेको विस्फोट पदार्थ निष्क्रिय गर्ने क्रममा एक प्रहरीको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

इजिप्टको कायरो शहरको सीमा इलाकामा रहेको नासर शहरमा अवस्थित चर्चको बाहिरी इलाकामा रहेको उक्त विस्फोट पदार्थ निष्क्रिय गर्ने क्रममा भएको विस्फोटमा परी अन्य दुई प्रहरी घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

एउटा झोलामा लुकाएर राखिएको सो विस्फोट पदार्थ प्रहरीले फेला पारेका थिए । सो झोलामा रहेको बम फेला पार्ने मुस्ताफा आबिद नाम गरेका ती प्रहरीले बम निष्क्रिय कार्यका विषेशज्ञ थिए । उनी नै सो बम निष्क्रिय बनाउने क्रममा मारिएका हुन ।

इजिप्टको जनसङ्ख्यामा १० प्रतिशत रहेका क्रिश्चियन समूदायमाथि बारम्बार इस्लिामिक स्टेट्स (आइएस) लडाकू ) समूहले आक्रमण गर्दै आएका छन् । सोही कारण अहिलेको राखिएको विस्फोटक पदार्थमा पनि उनै समूहको हात हुनु पर्ने प्रहरीको अनुमान रहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter