२१ मंसिर २०८२

पहिरोमा परी ४१ जना बेपत्ता

१७ पुष २०७५, मंगलवार १६:३८ मा प्रकाशित

जकार्ता, १७ पुस,,  इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् ।

सिनारेस्मी गाउँका ३४ वटा घर पूर्ण रुपमा पुरिएको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले मंगलबार बताएका छन् ।

उद्धारकर्ताहरुले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेको समाचारमा जनाइएको छ । “बाढी र पहिरो गएको क्षेत्रमा उद्धारकर्ताहरुले लगातार खोजी गरिरहेका छन्,” एक अधिकारीले भने ।

उद्धारका क्रममा पहिरो हटाउने र पुरिएकाहरुलाई खोज्ने कार्य भइरहेको उनीहरुको भनाइ छ ।

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter