०६ पुष २०८२

उखडा जमिन ,सुकुमबासी र अव्यवस्थित बसोबास को सम्सया समाधान हुने

अजय मिश्र

१६ पुष २०७५, सोमबार १०:५३ मा प्रकाशित
कपिलबस्तु/संवाददाता पुस १६
कपिलबस्तु जिल्ला कृष्ननानगर नगरपालिका को बहादुनगंज मा रहेका उखडा जमिन प्रयोग गर्दे आएका किसान हरुले अब आफ्नो नाम मा चाडै जमिन हुने देखिन्छ। पूर्व मंत्री इश्वर दयाल मिश्र को नेतृत्व मा माननीय राष्टिय सभा सदस्य राम लखन हरिजन, नेकापा  का युवा नेता जगत मान केसी, शिवराज नगरपालिका का नकुल बि.क. र बहादुरगंज का ६ जना उखडा जमिन प्रयोग गर्दे आएका किसान को संयुक्त टोली ले भूमि सुधार तथा गरिबी निवारण मंत्रालय का सचिव गोपी नाथ मैनाली लाइ भेटि ज्ञापन पत्र बुझाइ छलफल गरिएको छ। सचिव  मैनाली ले उक्त ज्ञापन पत्र लाइ सकारात्मकता का साथ लिइएको र  उखडा जमीन साथै सुकुमबासी र अव्यवस्थित बसोबासको समस्या लाइ    यहाँ बाट मंत्री स्तर को निर्णय भएर संघिय मंत्रालय मा अनुरोध गरिएको छ  संघियले चाडै नै   गाउँपालिका  र नगरपालिका मा लगत संकलन का लागी अनुरोध गरिने छ। समस्या समाधान हुने  लागत संकलन गरि जमीन  को लाल पुर्जा  उपलब्ध हुने देखिएको छ।  साथै समस्या समाधान हुने हुदा समस्या संग सरोकार राख्ने सबै सकारात्मक सफलता रहेको देखिन्छ।      उक्त सबै कुरा को जानकारी जगत मान के सी ले दिनुभएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter