०६ पुष २०८२

पूर्व मंत्री मिश्र को नेतृत्व मा कपिलवस्तु को विकास का लागि भारतीय राजदूत संग भेट वार्ता

अजय मिश्र

१० पुष २०७५, मंगलवार १६:१४ मा प्रकाशित
कपिलवस्तु/संवाददाता पुस ९
कपिलवस्तु को सम्पूर्ण विकास र खास गरि क्षेत्र नं ३ समग्र विकास का लागि भारतीय राजदूत मुनजीव सिंह पुरी संग भेट वार्ता गरिएको छ। विकास प्रेमी  नेता पूर्व मंत्री ईश्वर दयाल मिश्र को नेतृत्व मा पूर्व स्थानीय विकास अधिकारी चिरंजीवी भण्डारी विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा र सोहि गाऊँपालिका का समाजसेवी अग्नि सापकोटा लगायतका टोली ले भारतीय राजदूत संग औपचारिक भेट वार्ता र विकास का लागि डेलिगेशन दिइएको छ। क्षेत्र नं ३ को शिक्षा, स्वास्थ्य, खानेपानी र सड़क लगायत अन्य क्षेत्र को विकास गर्न साथै विजयनगर गाउँपालिका मा कृषि ,स्वास्थ्य र इन्जीनियर क्षेत्र मा टेक्निकल विद्यालय र क्याम्पस स्थापना, सुरही खोला मा झुलुंगे पुल लगायत अन्य विकास निर्माण का कार्य गर्न भनिएको छ। साथै भारतीय राजदूत लाइ विजयनगर गाउँपालिका को भ्रमण गर्न अनुरोध समेत गरिएको छ। भारतीय राजदूत मनजीव सिंह पुरी ले आफू उक्त क्षेत्र को भ्रमण गर्ने प्रतिबद्धता दिनुभएको छ साथै उक्त क्षेत्र को विकास का लागि आर्थिक र प्राविधिक लगायत अन्य स्तरबाट आफू सदैव सहयोग गर्ने कुरा पूर्व स्थानीय  विकास अधिकारी चिरंजीवी भण्डारी ले जानकारी दिनुभयो।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter