०६ पुष २०८२

नेपालगञ्जमा हुस्सु

१० पुष २०७५, मंगलवार १०:१४ मा प्रकाशित

राँझा, १० पुस,, बाँकेमा आजदेखि जाडो बढेकोे छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ ।

दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ ।

उडान अवरुद्ध

बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण यहाँबाट बिहानीपख हुने हवाई उडान अवरुद्ध भएको छ । हवाइजहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको हो । बाँकेमा आज बिहान ४०० मिटरमात्र भिजिविलिटी रहेको चौरसियाले बताउनुभयोे । नेपालगञ्ज विमानस्थलका सुरक्षा इञ्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहान काठमाडाँैका लागि उडान हुन नसकेको जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter