०६ पुष २०८२

पाँच किलो चरेशसहित एक महिला पक्राउ

९ पुष २०७५, सोमबार १५:४२ मा प्रकाशित

रोल्पा, ९ पुस,, रोल्पा प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद गरिएको हो । चरेशसँगै रोल्पा थबाङ गाउँपालिका– ५ उवाकी ५५ वर्षीया वरमाया पुनलाई प्रहरीले पक्राउ गरी नुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

रोल्पा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गराइएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताउनुभयो । प्रहरीले पटकपटक ठूलो परिमाणमा चरेश पक्राउ गर्दै आए पनि यसको ओसारपसारमा रोकथाम हुन सकेको छैन । चरेश ओसारपसारमा प्रायः अर्धवैशे महिला र बालबालिका प्रयोग गर्ने गरिएको पाइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter