०६ पुष २०८२

ज्येष्ठ नागरिकलाई सम्मान

९ पुष २०७५, सोमबार १०:२४ मा प्रकाशित

नेपालगञ्ज, ९ पुस,, बाँकेको खजुरा गाउँपालिका–३ ले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको छ ।

यहाँ आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वडा क्षेत्रका ११० ज्येष्ठ नागरिकलाई न्यानो कम्बल र बाटो खर्च रु १०० प्रदान गरी सम्मान गर्नुभएको हो ।

त्यस अवसरमा अध्यक्ष कक्षपतिले गाउँपालिकाले पुस १६ देखि पालिकाको आठवटै वडाका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र वडा नं ३ का अध्यक्ष कान्तुराम गौतमले ज्येष्ठ नागरिकको सामाजिक विकासलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter