०६ पुष २०८२

सुस्त श्रवण भएका बालबालिकालाई कम्मल

६ पुष २०७५, शुक्रबार ११:२३ मा प्रकाशित

दाङ, ६ पुस,, घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा सङ्घमा रहेका १०० सुस्त श्रवण बालबालिकाका लागि कम्मल उपलब्ध गराएको छ ।

कम्पनीका जनसम्पर्क अधिकारी अमर सुवेदीको नेतृत्वमा आएको टोलीले बहिरा सङ्घकी कार्यक्रम निर्देशक प्रतिमा शर्मालाई ती बालबालिकाको छात्रावासमा पुगेर १०० थान कम्मल प्रदान गर्नुभएको हो ।

चिसो मौसम शुरु भएपछि प्रत्येक वर्षझैँ प्रालिले यस वर्ष पनि जिल्लाका विभिन्न स्थानमा पुगेर ज्येष्ठ नागरिक, दृष्टिविहीन तथा बहिरा बालबालिकालाई कम्मल वितरण गर्दै आएको छ ।

हिजै उक्त कम्पनीले घोराही उपमहानगरपालिका र बगलाचुली गाउँपालिकाका विभिन्न स्थानमा रहेका विपन्न दृष्टिविहीन २०० बालबालिकालाई पनि कम्मल वितरण गरेको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter