०६ पुष २०८२

मानवअधिकार आयोगमा उजूरी कम

३ पुष २०७५, मंगलवार १५:४२ मा प्रकाशित

रुपन्देही, ३ पुस,, राष्ट्रिय मानवअधिकार आयोगमा यो आर्थिक वर्षमा तीन वटा मात्रै उजूरी परेको छ । आयोगको प्रदेश नं ५ प्रदेश कार्यालय बुटवलमा यो आर्थिक वर्षको चार महीनामा अनुसन्धान गर्नुपर्ने प्रकृतिका तीन मात्रै उजूरी परेको मानवअधिकार अधिकृत दीपक ठाकुरले जानकारी दिनुभयो ।

यो आर्थिक वर्षमा साउनमा दुई र भदौमा एक मात्रै उजूरी परेको र अन्य केही समान्य उजूरी मेलमिलापबाटै टुङ्गिने हुँदा तथ्याङ्कमा नराखिएको उहाँले बताउनुभयो । आयोग स्थापना भएयता बुटवलमा यो आर्थिक वर्षसम्म जम्माजम्मी ५७९ उजूरी दर्ता भएका छन् । जसमध्ये १८५ उजूरीको अनुसन्धान प्रक्रियाबाट टुङ्गो लागेको आयोगका प्रदेश प्रमुख पवनकुमार भट्टले जानकारी दिनुभयो ।

अहिलेसम्म नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी १२६, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी १३१, महिला अधिकारसम्बन्धी पाँच, बालअधिकारसम्बन्धी छ, बेपत्ता ५५, अपहरण १२, ज्येष्ठ नागरिकको अधिकार दुई, यातना ५५, जातीय विभेद दुई गरी ३९४ विषयगत उजूरी परेको प्रमुख भट्टले बताउनुभयो ।

पछिल्लो समयमा स्थानीय तहका उजूरी न्यायिक समितिमा जाने हँुदा आयोगमा उजूरी कम आउने गरेको उहाँले बताउनुभयो । “घटना कम भएका कारण उजूरी कम आएको होइन, पछिल्लो समयमा न्यायिक समितिले अधिकार पाएपछि कतिपय उजूरी समितिमै जान्छन्”, उहाँले भन्नुभयो, “नागरिकका अधिकारको रक्षा गरी मानवअधिकार उल्लङ्घन गर्नेलाई कारवाही गर्ने दायित्व स्थानीय सरकारको पनि हो ।”

सामाजिक सञ्जालबाट रकम ठगी गर्ने युवकहरु पक्राउ
लामो समयदेखि सामाजिक सञ्जालबाट रकम ठगी गर्ने तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले आज बुटवलमा पत्रकार सम्मेलन गरी आइएमओबाट चिट्ठा रकम परेको छ भनी प्रलोभन देखाएर सरकारलाई आम्दानी कर तिर्ने नाममा रकम ठगी गर्ने दुई नेपाली र एक भारतीय युवकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बस्ने वर्ष २१ का हफिज पठान, रोहिणि गाउँपालिका–१ का २० वर्षीय समसुद्दिन जलाल र भारतको महाराजगञ्ज सुनौली ग्राम बस्ने १८ वर्षीय मुन्ना भन्ने मोहम्मद हसन रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।
पच्चीस लाख चिट्ठाको रकम परको छ भनी सो रकम निकाल्न सरकारलाई ४५ हजार भारतीय रुपैयाँ माग गरी आइएमइमा रकम निकाल्न जाँदा गत आइतबार बेलहियाबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक थापाले उनीहरूले नक्कली नागरिकता बनाएर ठगी गर्ने गरेको बताउुभयो । “उनीहरूको नागरिकतामा नाम अर्कै छ, नक्कली नागरिकता कसरी बन्यो भन्नेबारे अनुसन्धान भइरहेको छ, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “मुख्य व्यक्ति अझै फरार छ ।’
पक्राउ परेका तीन जनालाई ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter