०६ पुष २०८२

परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका

१ पुष २०७५, आईतवार १०:१६ मा प्रकाशित

पोखरा, १ पुस,,  गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनैतिक परिवर्तनमा सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

क्रियाशील पत्रकार महिलाको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचाँै अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले अबको पत्रकारिता समाजको समृद्धितर्पm उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले समाजमा महिलाप्रति हुने विभेदको अन्त्यका लागि महिला पत्रकारको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

अर्का सदस्य राजीव पहारीले महिला हकअधिकारसँगै उनीहरुले भोगेका दुःख र पीडालाई पत्रकारिता क्षेत्रले उजागर गर्नुपर्नेमा जोड दिँदै पीडित महिलाको सहयोगार्थ सञ्चारिका समूहले कोषको स्थापना गर्नुपर्ने बताउनुभयो ।
सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष जमुना शर्मा वर्षाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, समूहका उपाध्यक्ष विमला भण्डारी, महासचिव कविता श्रेष्ठ लगायतले पत्रकारिता क्षेत्रमा महिलाको निरन्तरता अपरिहार्य रहेको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter