नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नम्बर पाँचको भेलाले स्थानीय पालिकाहरूको जिम्मेवारीमा पार्टीको नेतृत्व चयन गरेको छ। मङसिर २९गते प्रदेश पाँचको राजधानी बुटवलमा बसेको नेपाल कम्युनिस्ट पार्टीको प्रदेशिक सदस्यहरूको भेलाले पार्टीको गतिविधि , बिकास विस्तार तथा जनता बीच चुस्तरूपले पार्टीको प्रतिनिधित्व गर्न स्थानिय स्तरमा प्रतिनिधि तोकेको छ ।
कपिलवस्तु जिल्लामा गाऊँपालिका ऱ नगरपालिका गरि १० वटा स्थानीय निकायमा पाँच साबिक एमाले र पांच साबिक माओवादी केन्द्रका नेताहरुको कांधमा जिम्मेवारी सुम्पेको छ ।
यशोधरा गाऊँपालिकाको पार्टीको तर्फ बाट पार्टीको जिल्ला सदस्य तथा राष्ट्रीय गूठी संस्थानको संचालक समितिको सदस्य समेत रहेका हजरत अलि मुसलमानलाई निगरानी गर्न दिएको छ ।
त्यस्तै महाराजगंज नगरपालिकाको जिम्मेवारीमा कृषिमन्त्री चक्रपाणि खनालको स्वकीय सचिव रहेका बिजय कुमार जैसवाललाई ऱ कृष्णानगर नगरपालिकाको जिम्मेवारीमा जावेद खानलाई तोकिएको हो।
हजरत अलीले पार्टीले दिएको जिम्मेवारीलाई स्वागतयोग्य रहेको बताउदै अब कपिलवस्तु जिल्लामा नेपाल कम्युनिस्ट पार्टीको प्रभाव बढ्दै गएको बताए। ।
#नवनियुक्त पदअधिकारीहरूको नामावली
१-कपिलवस्तु नगरपालिका
अध्यक्ष: सरिता आचार्य
सचिव : अवधेशकुमार उपाध्याय,
२-कृष्णनगर नगरपालिका
अध्यक्ष: जावेद आलम खाँ
सचिव : लल्लुप्रसाद चोवे,
३-बाणगंगा नगरपालिका
अध्यक्ष: विश्व कार्की
सचिव : टेकेन्द्रकुमार क्षेत्री,
४-बुद्धभुमि नगरपालिका
अध्यक्ष : पिताम्बर खनाल
सचिव : मोहन केवट,
५-महाराजगञ्ज नगरपालिका
अध्यक्ष: बिजयप्रकास जैसवाल
सचिव : शिव गैरे,
६-मायादेवी गाउँपालिका
अध्यक्ष : राधवेन्द्र पाण्डे
सचिव : सिपी चौधरी,
७- यशोधरा गाउँपालिका
अध्यक्ष : हजरत_अली_मुसलमान
सचिव : राधवेन्द्र मिश्र,
८-विजयनगर गाउँपालिका
अध्यक्ष :कृष्ण भण्डारी
सचिव : रामऔतार यादव,
९- शिवराज नगरपालिका
अध्यक्ष: द्रोणबहादुर पुन
सचिव : जगत पौडेल,
१०- शुद्धोधन गाउँपालिका
अध्यक्ष : बिनोद चौधरी
सचिव : लाला कुर्मी
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू