०६ पुष २०८२

कृष्नानगर मा सरसफाई कार्यक्रम सम्पन्न

अजय मिश्र

२३ मंसिर २०७५, आईतवार ११:११ मा प्रकाशित

कपिलबस्तु  २३ मङ्सिर,,  कपिलबस्तु   को कृष्णानगर नगरपालिका वडा नं ३ चै पुरवा रहेको कृष्णानगर स्वास्थ्य चौकी मा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। कृष्णानगर ईलाका प्रहरी कार्यालय का प्रमुख सूर्य बहादुर बोगटी नेतृत्व को टोली, स्थानीय जनप्रतिनिधि, कार्य पालिका सदस्य ज्योति कोरी, स्वास्थ्य चौकी व्यवस्थापन समिति का पदाधिकारी हरू, प्रदेश सभा सचिवालय का ना.सु. मेघनाथ ढकाल लगायत अन्य को उपस्थित मा अस्पताल भित्र रहेका कागज, प्लास्टिक लगायत अन्य फोहोर लाई एकिकृत गरि नष्ट गरिएको छ। साथै प्रहरी निरिक्षक ले उक्त अस्पताल भित्र बगैचा निर्माण गर्न अस्पताल व्यवस्थापन समिति लाई सुझाव दिएका छन्। सर सफाई हामी सबैको साझा दायित्व भन्ने भावना को विकास गराउन उक्त कार्यक्रम आयोजना गरिएको जानकारी स्वास्थ्य चौकी व्यवस्थापन समिति का उपाध्यक्ष मौलाना मसूद खां नेपाली ले दिनुभएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter